तिब्र गतिमा रहेको कार बिजुलीको पोलमा ठोकियो

काठमाडौं । आइतबार राती अन्दाजी ११ बजे हात्तिवन नजिकको घुम्तीमा तिब्र गतिमा आएको कार बिजुलीको पोलमा ठोकिएको छ । निकै डरलाग्दो दुर्घटना कारमा सवार तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा म्याग्दी घर भएका अमरध्वज पौडेल, गोदावरीका ३२ वर्षीय विशाल विक र गोदावरीकै २९ वर्षीय मोसेफ लामिछाने छन् । तीनै जनाको पाटन अस्पतालमा उपचार भइरहेको पाटन प्रहरीले जनाएको छ ।

‘तीन जनालाई नै दुर्घटना स्थलबाट उद्धार गरेर अस्पताल लगिएको छ । तीन मध्ये एक जनाको अवस्था गम्भिर छ । दुई जना सामान्य चोटपटक लागेको अवस्थामा छन् । बिजुलीको पोल भाँचिएर बीच सडकमा आएको कारण हटाउने कार्य भइरहेका छ’, पाटन प्रहरी स्रोतले भन्यो ।

दुर्घटनामा परेको बा १५ च ७६५२ नम्बरको फोर्डको कार क्षेत्र विक्षेत अवस्थामा देखिएको छ ।


Back_to_top