काठमाडौं । स्टेलान्टिस ग्रुपको युरोपियन बजारमा बिक्रीमा आएको कमीसँगै ६ वटा फ्याक्ट्रीको उत्पादन रोकिएको छ । बिक्री घट्दा कम्पनीले सन् २०२५ को ६ महिनामा २.६५ बिलियन अमेरिकी डलर घाटा खाएको हो ।
घट्दो बिक्रीसँगै स्टेलान्टिस ग्रुपले फियाट पान्डा र अल्फारोमियो टोनालेको उत्पादन हुने इटालीको नेपल्स प्लान्ट भोलि सेप्टेम्बर २९ देखि अक्टुबर ६ सम्म बन्द गर्ने निर्णय गरेको छ । उक्त प्लान्टमा ३ हजार ८०० कामदारहरु रहेको कम्पनीको भनाइ छ ।
त्यस्तै ओपलको मोका र डीइएसथ्री उत्पादन हुने पेरिश नजिकको साइट पनि अक्टुबर १३ बाट ३१ सम्म बन्द गर्ने निर्णय भएको छ । कम्पनीका प्रतिनिधिले रोयटर्सको जिज्ञासामा उक्त अवधिमा कामदारहरुलाई ट्रेनिङ कोर्षहरु संचालन गरिने जनाएको छ ।
त्यस्तै व्लुमबर्गका अनुसार स्टेलान्टीस ग्रुपको पोल्याण्ड, स्पेन र जर्मनीमा रहेका प्लानटहरु समेत होल्डमा छन् । ग्रुपको समग्र युरोपियन अप्रेशननै समस्यामा परेको देखिन्छ ।
स्टेलान्टिस ग्रुपले सन् २०२५ को ७ महिनामा १९ लाख युनिट कार बिक्री गरेको छ । उक्त संख्या अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले कम हो । त्यस्तै अमेरिकी सरकारको नयाँ ट्यारिफले अमेरिकी बजारमा समेत कारहरुको बिक्री कमजोर हुँदा युरोपियन अटोमोबाइल जान्ट मानिने स्टेलान्टिस ग्रुप सेल्स संकटसँग जुध्नु परिरहेको छ ।

