काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी सुपर शोकोले तिहार अफर ल्याएको छ । कम्पनीले तिहारको अवसरमा इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरमा ७० हजारसम्म नगद छुट दिने अफर ल्याएको हो ।
सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलका लागि आधिकारिक विक्रेता कम्पनी डिलाइफ स्टाइलले नगद छुटदेखि फाइनान्ससम्मको योजना ल्याएको हो ।
सुपर शोकोले ल्याएको यो योजनामा ग्राहकले शुपर शोकोका स्कुटर तथा मोटरसाइकलमा ७० हजार रुपैयाँसम्म नगद छुटका साथै दुई वर्षको रोड ट्याक्स, निःशुल्क हेलमेट तथा फाइनान्स मार्फत मासिक ३ हजार ९५८ रुपैयाँदेखि स्कुटर तथा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।
यसै योजना अन्तर्गत ग्राहकले हरेक स्कुटर तथा मोटरसाइकलको खरिदमा २ वर्षको सर्भिस फ्रि साथै ३ वर्षसम्मको ब्याट्री वारेन्टी सुविधा पाउने छन् ।
सुपर शोकोले हाल नेपाली बजारमा तीन मोडलका स्कुटर तथा दुई मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ । डिलाईफ स्टाइलले टीएस र टीसी मोडलका ४ भेरियन्टका मोटसाइकल उपलब्ध गराउँदै आएको हो । त्यस्तै स्कुटरतर्फ सीयू मीनी, सीयूएक्स र सीपीएक्स मोडल छन् ।
सुपर शोकोका स्कुटर तथा मोटरसाइकले एक पटकको फुलचार्जमा ८० किलोमिटरदेखि २०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । सुपर शोकोले २ लाखदेखि ६ लाखसम्मका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन बिक्री गरिरहेको छ ।

