दुई वटा सुरुङमार्ग निर्माण गर्ने प्रदेश सरकारको घोषणा

काठमाडौं । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै हेटौँडा–फाखेल–फर्पिङ सडक बिस्तार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् । 

साथै, भीमफेदी–कुलेखानी सुरुङखण्ड र काठमाडौँ साँखु–फट्केश्वर सुरुङमार्ग निर्माणलाई उच्च प्राथमिकता दिइ संघसँग समन्वय गरी काम अगाडि बढाइने उल्लेख गरिएको छ । 

प्रदेश नम्बर ३ को सरकारको नीति तथा कार्यक्रमले यी पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेर कामगर्ने सरकारले नीति लिएको छ । 

नीति तथा कार्यक्रममा भूमि आयोग गठन गरी अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाइने, आगामी पाँच वर्षभित्र प्रत्येक गाउँपालिकासम्म सडक सञ्जाल पुर्याई बाटो कालोपत्र गरिने र प्रत्येक गाउँपालिकामा १५ देखि ५० श्ययाको अस्पताल निर्माण गरिने उल्लेख छ । 


Back_to_top