नेपाली बजारमा उपलब्ध चर्चित ५ एसयूभी, यस्तो छ मूल्य

काठमाडौं । पछिल्लो सयम एसयूभी (स्पोर्टस युटिलिटी भेइकल) प्रति उपभोक्ताहरू निक्कै आकर्षित हुने गरेका छन् । सडकको अवस्था र अन्य विविध कारणले उपभोक्ताहरूमा एसयूभी मोह देखिएको हो । भारतीय बजारमा हिजोआज एसयूभी सेगमेन्टका सवारीको माग उच्च रहेको छ । 

२०१३ मा फ्रेञ्च कार उत्पादक कम्पनी रेनोेले भारतमा डस्टर सार्वजनिक गरेपछि त्यसको निक्कै प्रभाव परेको थियो । त्यसलगत्तै हुन्डाइले क्रेटा सार्वजनिक गर्यो । 

अहिले एसयूभी सेगमेन्टको सवारी अटोमोबाइल क्षेत्रमा ट्रेन्ड सेटरको रुपमा देखिएको छ । फोर्डले कम्प्याक्ट एसयूभी इकोस्पोर्ट ल्यायो भने त्यसको केही समयपछि मारुति भिटारा ब्रेजा र महिन्द्राको टीयूभी ३०० र केयूभी १०० बजारमा आए । 

अहिले भारतीय बजारका चर्चित ५ एसयूभी यस्ता रहेका छन्, जुन नेपाली बजारमा समेत लोकप्रिय रहेका छन् । 

हुन्डाई क्रेटा

सार्वजनिक भएसँगै चर्चामा रहेको हुन्डाई क्रेटा भारतीय बजारमा निक्कै लोकप्रिय बनेको मोडल हो । यो गाडी डिजेल र पेट्रोल दुवै भेरियन्टमा उपलब्ध छ । 

क्रेटा १.६ लिटर इञ्जिनसम्ममा उपलब्ध रहेको छ । क्रेटामा नयाँ प्रविधिको विशेषतासहित सुविधायुक्त रहेको छ । 

नेपाली बजारमा लक्ष्मी इन्टरकन्टीनेन्टलले बिक्री गर्दैआएको क्रेटाको बजार मूल्य ४२ लाख ५६ हजारदेखि ६२ लाख ५६ हजार रुपैयाँसम्म रहेको छ ।

मारुती सुजुकी भिटारा ब्रेजा

भारतको कम्प्याक्ट एसयूभी बजारमा मारुतीले के ल्याउँछ भन्ने उत्तर भिटारा ब्रेजाले दियो । यो गाडी मारुतीको पुरानो ग्रान्ड भिटाराजस्तै देखिन्छ । यो कार २०१६ को अटो एक्सपोमा सार्वजनिक भएको हो । 

यो कारमा १.३ लिटर डिजेल इञ्जिन, ८९ बीएचपीको पावर र २०० एनएम टर्क, ५ स्पिड म्यानुअल गेयरबक्स रहेको छ । ब्रेजाले प्रितिलिट २४.३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । 

यो गाडी नेपाली बजारमा पनि उपलब्ध छ र यसको बजार मूल्य ३७ लाख ४९ हजारदेखि ४५ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । मारुती सुजुकी नेपाली बजारमा अरुण इन्टिरकन्टीनेन्टलले भित्र्याउँदैआएको छ । 

फोर्ड इकोस्पोर्ट

फोर्डको इकोस्पोर्ट भारतीय बजारमा फोर्डको धेरै बिक्री हुने सवारीमध्येमा पर्छ । इकोस्पोर्ट भारतमा सार्वजनिक भएको पहिलो सव–फोर मिटर एसयूभी हो । यो गाडी तीन इञ्जिन अप्सन १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.० लिटरमा उपलब्ध रहेको छ । 

नेपालका लागि फोर्डको आधिकारिक बिक्रेता जीओ फोर्डले इकोस्पोर्टको बजार मूल्य ३४ लाख ४० हजारदेखि ५० लाख ९० हजार रुपैयाँसम्म तोकेको  छ ।

रेनो डस्टर

भारतमा रेनोले डस्टर २०१३ मा सार्वजनिक गरेको हो । डस्टरको सार्वजनिकसँगै एसयूभी सेगमेन्टमा यसले नयाँ तरङ्ग पैदा गरेको हो । रेनो डस्टर १.५ लिटर डिजेल, १.६ लिटर पेट्रोल र १.५ लिटर पेट्रो इञ्जिनमा उपलब्ध रहेको छ । 

रेनोको नेपालका लागि आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइलले डस्टरको बजार मूल्य ३८ लाख ५१ हजार ७ सयदेखि ५७ लाख २८ हजार १३ रुपैयाँसम्म रहेको छ ।

महिन्द्रा टीयूभी ३००

भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले सव–फोर मिटर कम्प्याक्ट एयूभी सार्वजनिक गरेको थियो । यो एसयूभी १.५ लिटर थ्री सिलिन्डर टर्बोचार्ड एमहक इञ्जिन रहेको छ । 

उक्त इञ्जिनले ८० बीएचपी पावर र २३० एनएम टर्क दिन्छ । महिन्द्राका प्यासेन्जर सवारी नेपाली बजारमा अग्नी इनर्कोरेटेडले उपलब्ध गराउँदैआएको छ । 

महिन्द्रा टीयूभीको नेपाली बजार मूल्य ३६ लाख ९५ हजारदेखि ४५ लाख ९५ हजार रुपैयाँसम्म रहेको छ । 


Back_to_top