होन्डा अल न्यू अमेज भारतमा सार्वजनिक, नेपालमा कहिले ?

काठमाडौं । होन्डाले भारतमा अल–न्यू, न्यू–जेनरेसन अमेजलाई हिजो बुधबार सार्वजनिक गरेको छ । शुरुवाति मूल्य भारु ५ लाख ५९ हजारबाट लन्च भएको होन्डाको न्यू–जेनरेसन अमेज कारलाई कम्पनीले पहिलो पटक २०१८ अटो एक्सपोमा प्रदर्शन गरेको थियो । 

सार्वजनिक अघिनै यसको लुक्स निकै आर्कषक भन्दै निकै प्रशंसा गरिएको थियो । नयाँ अमेज एकदम फरक र ब्रान्ड न्यू डिजाइनमा तयार गरिएको छ ।

डिजेल र पेट्रोल दुबै इन्जिनमा उपलब्ध यो कारका फिचरहरु निकै उत्कृष्ट रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । 

यसको अर्को प्रभावशाली विशेषता भनेको डिजल भेरिएन्टमा सिभिटी अफर हो । जसले धेरै माइलेज दिनेछ । कम्पनीका अनुसार डिजेल म्यानुअल कारले २७.४ किलोमिटर प्रतिलिटर माइलेज दिने जनाएको छ । 

होन्डाले न्यू–जेन अमेजको लम्बाई ५ मिलिमीटर बढाएको छ । न्यू–जेन अमेजको पेट्रोल भेरिएन्ट अघिल्लो जेनरेसन मोडल भन्दा १७ किलोग्रामले हल्का बनाइएको छ । अमेजमा होन्डाको चार भेरिएन्ट रहेका छन् । 

स्याकार कम्पनीले नेपाली बजारमा विक्री वितरण गर्दै आएको होन्डा न्यू जेनेरेशन अमेज केही समयपछि नेपाल आउने जनाइएको छ । 


Back_to_top