पेट्रोल लिटरको ११० रुपैयाँ पुग्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । 

नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । 

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । 


Back_to_top