गाडीको ठक्करले शिक्षकको मृत्यु

बाँके । गाडीको ठक्करले बाँके जिल्लाको कोहलपुरमा एकजनाको मृत्यु भएको छ । 

कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय ऋषिराम चापागाँईको मृत्यु भएको हो । 

गाडीको ठक्करबाट घाइते चापागाँईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । मृतक चापागाँई शिक्षक हुनुहुन्थ्यो । 


Back_to_top