अल्टोको ४० वर्ष पुरा हुँदै, मिनी क्रसओभर डिजाइनमा आउँदै

सुजुकीले जापान–स्पेक–अल्टोको नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यसलाई यसै वर्षको अक्टोवरमा ४० औं वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गर्ने जनाएको छ । कम्पनीको आधिकारीक वेभसाइटमा यसअघि नै अल्टोको रेन्डरिङ तस्विर राखिएको छ । 

कम्पनीले नयाँ जेनेरेशनको अल्टोलाई हर्टेक्ट मोडूलर प्लेट–फर्ममा निर्माण गरेको छ, जुन कम्पनीको ग्लोवल कम्प्याक्ट कार पोर्टफोलियोमा आधारित रहेको छ । 

यस गाडीलाई जेडीएम–की कारको चर्चित बडी–स्टाइल टल–बोई डिजाइन दिइएको छ । कम्पनीले यस गाडीमा स्मार्ट–स्टाइल दिनेछ । जसले गाडीलाई मिनी क्रसओभर जस्तै बनाउँछ । 

जापान स्पेक–२०१९ सुजुकी अल्टोमा ६६० सीसी पेट्रोल इन्जिन दिइएको छ । जसले ६४ बीएचपी पावर प्रदान गर्छ । 


Back_to_top