ड्यूल च्यानल एबीएससहित आउँदै बुलेट–३५०, कति बढ्ला मूल्य ?

रोयल इन्–फिल्डले आगामी साता रोयल इन्–फिल्ड बुलेट–३५० एबीएस भर्सन सार्वजनिक गर्ने भएको छ । कम्पनीले सार्वजनिक गर्ने तयारी गरेको यस मोडलमा डबल च्यानल एबीएस युनिट लगाइएको छ । कम्पनीले बजारमा उपलब्ध बुलेट रेन्जका मोटरसाइकलको तुलनामा यसको मूल्य १४ हजार भारु बढी तोक्ने अनुमान लगाइएको छ । 

हाल भारतीय बजारमा ड्रम–ब्रेक भेरियन्टमा उपलब्ध बुलेट–३५० को मूल्य १ लाख १६ हजार, ट्वाइन–डिस्क मोडल १ लाख २९ हजार, बुलेट ३५० इलेक्ट्रा सिङ्गल–डिस्क १ लाख ३० हजार र ट्वाइन–डिस्क भर्सनको मूल्य १ लाख ३३ हजार भारु रहेको छ । 

गत जनवरी १० मा रोयल इन्–फिल्डले बुलेट–५०० एबीएस प्रदर्शन गरेको थियो, यसको मूल्य १ लाख ८७ हजार भारु तोकिएको छ । यसको अलवा यो मोडलमा कुनै परिमार्जन गरिएको छैन । नन्–एबीएस भेरियन्टको बिक्री आगामी अप्रिल १ बाट बन्द हुने कम्पनीले जनाएको छ । 

यसमा ३४६ सीसी क्षमताको सिङ्गल सिलिन्डर एयरकुल्ड इन्जिन लगाइएको छ । जसले १९.८ बीएचपी पवारकासाथै २८ एनएम–टर्क उत्पादन गर्छ भने इन्जिनमा फाइभ–स्पीड गियरबक्स लगाइएको छ । यसको फ्रन्टमा टेलिस्कोपिक–फर्क र रियरमा ट्वाइन ग्यास चार्ज शक–यब्जर्ब्स लगाइएको छ । यसमा १९ इन्च वायर–स्पोक ह्वील लगाइएको छ ।


Back_to_top