ब्रेजा र भेन्यूमा नगद छुट, यस्ता छन् लकडाउनपछिको अफर

काठमाडौं । पछिल्लो समय बजारमा बिक्री हुने स्पोर्टस यूटीलिटी भेहिकल (एसयूभी) मा निकै ठूलो प्रतिस्पर्धा रहेको छ ।

यो सेग्मेन्टमा फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, हुन्डाई भन्यू, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलमा प्रतिस्पर्धा भइरहेको छ ।

लकडाउन खुकुलो भएसँगै मारुती सुजुकी र हुन्डाईले ल्याएको अफर हेर्दा मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यूको बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिले मारुती सुजुकी ब्रेजाको जेडडीआई भेरियन्ट मात्र उपलब्ध रहेको छ । यसलाई कम्पनीले ड्यूल टोन र सिंगल टोन कलर अप्सनमा बिक्री गर्दै आएको छ । ड्यूल टोन कलर सिंगल टोनभन्दा ३० हजार रुपैयाँ महंगो रहेको छ ।

सिंगल टोन कलर भएको ब्रेजाको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ रहेको छ भने ड्यूल टोन कलरको मूल्य ४५ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले ब्रेजामा २ लाख रुपैयाँ नगद छुट दिने अफर गरेको छ ।

कम्पनीले यसलाई २५ प्रतिशत डाउन पेमेन्ट गरेर किन्न सकिने अफर ल्याएको छ । यो अफरमा ब्रेजा किन्नेले ८ वर्षको लागि किस्ता तिर्नेगरि किन्न सक्ने छन् भने व्याजदर ११.४९ प्रतिशत तिर्नु पर्ने हुन्छ । ब्रेजाको मासिक किस्ता सम्बन्धी सम्पूर्ण जानकारी पाउन यहाँ क्लिक गर्नुहोस् ।

हुन्डाई भेन्यू सव फोर मिटर सेग्मेन्टमा निकै रुचाइएको मोडलमा पर्छ । कम्पनीले भेन्यूलाई विभिन्न ११ भेरियन्टमा बिक्री गर्दै आएको छ ।

जसमा सुरुवाति मोडल इ १.२ को २०१९ मोडलको मूल्य ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ भने २०२० मोडलको मूल्य ३६ लाख २६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले भेन्यूमा १५० हजार रुपैयाँ एक वर्षको बीमा, ४ वर्षको सर्भिसिङ फ्रि, ३ वर्षको वारेन्टी, आर्थिक वर्ष २०७७/७८ को सडक दस्तुर जस्ता अफर ग्राहकलाई गरेको छ । हुन्डाई भेन्यूको मासिक किस्ता सम्बन्धी सम्पूर्ण जानकारी पाउन यहाँ क्लिक गर्नुहोस् ।


Back_to_top