सुजुकीको दशैं अफरः नगद, छुटदेखि लोयलटी बोनससम्म, ब्याज पनि नलाग्ने

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयातकर्ता र वितरक भिजी अटोमोबमाईल्सले आउँदै गरेको चाडपर्व लक्षित स्कीम सार्वजनिक गरेको छ । कम्पनीले सुजुकीको मोटरसाइकल र स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा ‘बाँडौ खुसी, चढौं सुजुकी’ स्कीम ल्याएको हो ।

कम्पनीको यस स्कीममा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ३५ हजारसम्मको नगद स्कीम र अन्य थुप्रै आफर पाउने छन् । प्रत्येक सुजुकी मोटरसाइकल वा स्कुटरको खरिदमा १० हजार नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, सुजुकी ब्राण्डको पुराना मोटरसाइकल र स्कुटरसँग नयाँ मोडल एक्स्चेन्ज गर्दा १५ हजारसम्म लोयलटी बोनस पाउने छन् ।

सुजुकी बाहेकका कुनै पनि ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार थप मुल्याङ्गकन प्राप्त गर्न सक्नेछन् । साथै, सून्य प्रतिशत ब्याजदरको स्कीम र एक वर्षको सवारी कर पनि ग्राहकले पाउने कम्पनीले जनाएको छ ।

यो स्कीम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top