काठमाडौं । चीन विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक र उपभोक्ता हो । चीनमा प्रत्येक दिन जसो नयाँ नयाँ मोडलको ईभी लन्च हुँदै आएको छ । नेपालको अर्को छिमेकी देश भारत पनि न्यू इनर्जी भेहिकलतर्फ उन्मुख भएको देखिन्छ । चिनियाँ उत्पादकको सफलतालाई पछ्याउँदै भारतीय उत्पादकहरू पनि एक पनि अर्को नयाँ ईभी लाइनअप गरेका छन् ।
वर्ष सन् २०२४ को अन्त्यतिर भारतमा सबैभन्दा ठूलो अटो उत्पादक मारुती सुजुकी, एसयूभी एक्सपर्ट महिन्द्रा एण्ड महिन्द्रा नयाँ इलेक्ट्रीक एसयूभीको छिटै लन्च गर्ने प्लान बनाएका छन् । सम्भवतः यही महिना भित्रै यी कम्पनीले आफ्नो नयाँ ईभी लन्च गर्ने तयारी गरेका हुन् ।
१. महिन्द्रा बीई ०५ एसयूभी
यसै महिनाबाट बिक्री सुरू हुने अपेक्षा गरिएको महिन्द्राको बीई ०५ महिन्द्राको बीई रेन्जको पहिलो ईभी हो । महिन्द्राको बर्न इलेक्ट्रीक इनग्लो स्केटबोर्ड आर्किटेक्चरमा बनेको यो पहिलो ईभी हो । कम्पनीले बाहिर ल्याएको डिटेल अनुसार यो ईभीको लम्बाइ करिब ४.३ मिटरको रहेको छ ।

यो ईभीमा ७९ र ६० किलोवाट आवरको ब्याट्रीप्याकको अप्सन रहने छ । स्ट्याण्डर्ड रियर ह्वील ड्राइभ भर्सनको यो एसयूभी अलह्वील ड्राइभ अप्सनमा समेत उपलब्ध हुनेछ । पछिल्लो समयमा देखिएको स्पाई इमेज अनुसार यो ईभीमा प्रमिनेन्ट एलईडी डीआरएल, फ्लस डोरह्याण्डल तथा कुपे एसयूभी डिजाइन रहेको छ ।
२. मारुती सुजुकी ईभीएक्स
मारुती सुजुकीले यसै महिना मिडसाइज इलेक्ट्रीक एसयूभी ईभीएक्स अनभिल गर्ने भएको छ । आगामी वर्षको सुरूआतबाट बिक्री सुरू हुने ईभीएक्स बर्न इलेक्ट्रीक स्केटबोर्ड प्ल्याटफर्ममा बनेको हो ।

मारुतीको पहिलो ईभी भारतीय सहरहरूमा सडक परीक्षणका क्रममा धेरै पटक देखिसकेको छ । यो एसयूभीको लम्बाइ ४.३ मिटर तथा २७०० एमएमको ह्वीलबेस रहेको छ । यो ईभीमा ४८ र ६० किलोवाट अवारको दुई ब्याट्री साइजको अप्सन रहने छ । कम्पनीलको दाबी अनुसार यी दुई ब्याट्रीले क्रमशः ४०० र ५०० किलोमिटरसम्मको रेन्ज दिनेछ ।

