पुस २४ देखि सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प, ह्वील एलाइनमेन्टमा ५०५ छुट

काठमाडौं । सीजी मोटोकर्पले पुस २४ देखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता रहेको सीजी मोटोकर्पले जाडो मौसमले सवारी साधनमा पार्न सक्ने प्रभावलाई मध्येनजर गर्दै उक्त सर्चिस क्याम्प आयोजना गर्ने भएको हो ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट पाउने छन् । साथै, लक्की ड्रमार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज जित्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीर हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्वील एलाइनमेन्टमा ५० प्रतिशत, पाट्र्स र एसोसरिजमा १० प्रतिशत र लेबर चार्जमा २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।

विन्टर सर्भिस क्याम्प सुजुकी नेपालभरका सर्भिस सेन्टरमा संचालन हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।


Back_to_top