नयाँ कलरमा आयो सुजुकी भी-स्ट्रोम २५०, मूल्य पनि बढ्यो

काठमाडौं । सुजुकीको भी-स्ट्रोम २५० मोटरसाइकलको नयाँ कलर नेपालमा सार्वजनिक भएको छ ।

नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल भी-स्ट्रोम २५० को दुई नयाँ कलर अप्सन नेपाल भित्र्याएको हो ।

कम्पनीले पर्ल ब्लू स्पार्कले ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट मेट स्टेलर ब्लू कलर अप्सन थप गरेको हो ।

कम्पनीले नयाँ कलर अप्सन नेपाल ल्याएसँगै यसको मूल्य समेत बढाएको छ । कम्पनीले यसअघि ६ लाख मूल्यमा बिक्री गर्दै आएको भी-स्ट्रोम २५० को मूल्य १० हजार रुपैयाँले वृद्धि गरेर ६ लाख १० हजार रुपैयाँ निर्धारण गरेको हो ।

सुरूमा ७ लाख रुपैयाँ मूल्य तोकेर नेपाली बजारमा प्रवेश गरेको सुजुकी भी-स्ट्रोम नेपालमै एसेम्बल हुन थालेपछि १ लाख रुपैयाँ सस्तिएको थियो ।

यस्तो छ भी-स्ट्रोम २५०

भी-स्ट्रोम २५० डबल पर्पस एडभेन्चर डिजाइनमा छ । यो भी-स्ट्रोम ६५० मोडलबाट प्रभावित भएर बनाइएको मोटरसाइकल हो । सुजुकी भी-स्ट्रोम सिरिज ग्लोबल मार्केटमै निकै लोकप्रिय मानिने एडभेन्चर मोटरसाइकल हो ।

यसमा २४८ सीसीको फोर स्ट्रोक, सिंगल सिलिण्डर, आयल कुल्ड, एसओसीएच, एफआइ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २६.५ पीएसको पावर तथा २२.२ एनएक पिक टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स छ ।

भी-स्ट्रोम २५० मा अगाडि टेलिस्कोपिक र पछाडि स्वीङ आर्म सस्पेन्सनसेटअप, १७ इन्च अलोय ह्वील, राउण्ड हेडल्याम्प, पूरा एलईडी लाइट, डबल डिस्कब्रेक, एबीएस, साइड स्ट्याण्ड सेन्सर, फ्रन्ट विन्डसिल्ड, डिजिटल कन्सोल जस्ता फिचरहरू छन्।


Back_to_top