अटो एक्स्पोमा स्विच ब्राण्डका ३ ईभी

काठमाडौं । स्विच मोबिलिटीले आफ्नो उत्पादन र टेक्नोलोजीहरु आगामी जनवरी १३ देखि १८ सम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने अटो एक्स्पो २०२३ मा प्रदर्शन गर्ने भएको छ । अटो एक्स्पोमा कम्पनीले ३ वटा नयाँ इलेक्ट्रीक सवारी देखाउने छ ।

स्विचले एक्स्पोमा अल न्यु आईईभी सिरिजका सवारी अनावरण गर्ने तयारी गरेको हो । साथमा, लास्ट माइल र मिड माइल मोबिलिटी एप्लिकेसन र ईआइभी सिरिजमा इलेक्ट्रीक बस पनि प्रदर्शनीमा राख्ने छ ।

कम्पनीले एक्स्पोमा सार्वजनिक गर्ने भनिएको इलेक्ट्रीक बस भारतको पहिलो इलेक्ट्रीक डबल डेकर हो। जुन स्विच ईभी २२ को ओपन टप भेरियन्ट रहनेछ । यो बस विश्वव्यापी विद्युतीय बसको अनुभवलाई अनुसारण गर्दै भारतमा नै डिजाइन, विकास र निर्माण गरिएको कम्पनीको दाबी छ ।

स्विच ईभी २२मा नवीनतम टेक्नोलोजी, अल्ट्रा मोडर्न डिजाइन, उच्चतम सुरक्षा र आकर्षक कम्फर्टका फिचर्स उपलब्ध हुनेछन्।
सन् २०२१ अप्रिलमा स्विच मोबिलिटीको स्थापना भएदेखि विश्वव्यापी रूपमा ५५ मिलियन भन्दा बढी इलेक्ट्रिक किलोमिटर बढीको यात्रा गरेको छ ।

कम्पनीले ग्रिन मोबिलिटीको माध्यमबाट जीवनलाई समृद्ध बनाउने, स्वच्छ, स्मार्ट यात्राहरू प्रदान गर्ने लक्ष्यमा आफ्नो प्रमुख रणनीतिक माइलस्टोनहरू प्रदान गर्दै आएको पाइन्छ ।


Back_to_top