होन्डाको डर्ट बाइकमा छैन अफर, यामाहा एक्सटीजेड किन्न डाउन पेमेन्ट नचाहिने

काठमाडौं । नेपालमा उपलब्ध होन्डा एक्सआर १५० र यामाहा एक्सटीजेड १२५ एक अर्काका प्रतिस्पर्धी मोडल हुन् ।

मूल्यको हिसाबले होन्डा एक्सआर १५० एल यामाहा एक्सीटेज १२५ को तुलनामा केही महंगो रहेको छ ।

होन्डा विग बाइकमा छैन अफर

कम्पनीले कोभिड १९ को असरपछि मोटरसाइकल किन्न सहज होस् भनेर १ रुपैयाँ डाउन पेमेन्ट, एक प्रतिशत व्याज र केहि समयका लागि १ रुपैयाँ मासिक किस्ता अफर गरेका छ । तर, आफ्ना विग बाइक सेग्मेन्टमा राखेको एक्सआर १५० एल लगायतका विग मोडलमा कुनै किसिमको अफर नदिएको जनाएको छ । होन्डा एक्सआर १५० किन्न चाहने ग्राहकले पुरानै प्रक्रियामा खरिद गर्नु पर्ने हुन्छ ।

होन्डाले यो मोटरसाइकलको मूल्य ५ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ ।

यस्तो छ एक्सटीजेड १२५ मा अफर

यामाहाको एक्सटीजेड १२५ मा भने स्कीम पाउन सकिन्छ । यामाहाले बिना डाउन पेमेन्ट, केही प्रतिशत डाउन पेमेन्ट र सून्य प्रतिशत व्याजदरको अफर उपलब्ध गराएको छ ।

यामाहाको स्कीम अनुसार सून्य प्रतिशत डाउन पेमेन्टमा एक्सटीजेड किन्न चाहने ग्राहकले ३६ महिनासम्म मासिक १४ हजार २५८ रुपैयाँ तिरेर खरिद गर्न सक्ने छन् ।

एक्सटी जेडमा ३० प्रतिशत र ४० प्रतिशत डाउन पेमेन्टको अफर पनि कम्पनीले गरेको छ । यो अफरमा मोटरसाइकल किन्ने ग्राहक उपत्यकाको स्थायी वासिन्दा भएको खण्डमा उसले ३६ महिनाको कर्जा सुविधा पाउने छ भने उपत्यका बाहिरको स्थायी वासिन्दाले ३० महिनाको सुविधा पाउने छन् ।

 

साथै ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले एक वर्षमा बाँकी रकम तिर्नेगरि मोटरसाइकल किन्न चाहेको खण्डमा बिना व्याजमा किस्ता निर्धारण हुने छ । यसरी मोटरसाइकल किन्ने ग्राहकले सुरुमा डाउन पेमेन्ट १ लाख ९९ हजार ९५० रुपैयाँ तिर्नु पर्ने हुन्छ भने मासिक किस्ता १६ हजार ६६३ रुपैयाँ तिर्नु पर्छ ।

यसका अलावा ग्राहकले सबै स्कीममा बीमा शुल्क, सर्भिस चार्ज र नामसारी शुल्कसमेत तिर्नु पर्ने हुन्छ ।

यस्ता छन् भिन्नता


Back_to_top