काठमाडौं । टेल्जी लायनको ‘लिथियम आइरन फोस्फेट’ भर्सन नेपालमा विक्री सुरु भएको छ । कम्पनीले नाडा ईभी एक्स्पो २०२२ मा पहिलो पटक सार्वजनिक गरेको टेल्जी लायनको ‘लिथियम आइरन फोस्पेट’ भर्सन विक्री सुरु गरेको हो ।
यसअघि कम्पनीले लिड एसिड ब्याट्री भएको लायन स्कुटर विक्री गर्दै आएको थियो । टेल्जी टाइगरमा प्रयोग गरिएको ब्याट्री लिथियम आयन कै एक प्रकार रहेको कम्पनीले जनाएको छ ।
टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिफेपो ब्याट्री प्याक रहेको छ । यसलाई एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
टेल्जी लायन नयाँ भर्सनमा ब्लुटुथ कनेक्टिभिटी, स्टेरियो स्पीकर जस्ता फिचर दिइएको छ । यसका अलावा यसमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश छन् ।
टेल्जी लायन लिफेपो ब्याट्री भर्सनको मूल्य ३ लाख ३० हजार रूपैयाँ निर्धारण गरेर विक्री सुरू गरेको कम्पनीले जनाएको छ । यो मूल्य फिचरको आधारमा सेग्मेन्टकै सबैभन्दा सस्तो स्कुटर हो ।


