काठमाडौं । एसजी गु्रप अन्तर्गत ओम मोटोकर्प प्रालिले गत वर्ष नेपाली वजारमा भित्राएको इटालियन डिजाइनमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको शोरुम विस्तार गरेको छ । कम्पनीले विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै इटहरीमा शोरुम संचालनमा ल्याएको हो ।
उच्चतम प्रविधिमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरहरु पुर्वका ग्राहकहरुमाझ पुर्याउने उदेश्यले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ । टारो व्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा विक्रि वितरण भइरहेको प्रचलित व्राण्ड हो । रेस इडिशनमा निर्मित टारोका वाइकहरु तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय हुने कम्पनीले जनाएको छ ।
कम्पनीले आउने १ महिना भित्र विक्रि पछिको सेवालाई समेत विस्तार गर्ने योजना रहेको बताएको छ ।
हाल कम्पनीले टारो व्राण्डका जीपी टू २००, जीपी वान २५०, र जीपी वान ४०० गरि तीन मोडलका बाइक विक्री गर्दै आएको छ । यी मोटरसाइकलहरुको मूल्य क्रमश ५ लाख ५० हजार, ६ लाख ५० हजार र ९ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै स्कुटर तर्फ इमोला १५० को ३ लाख ३० हजार र एलेक्स टी९ को मूल्य ३ लाख ४५ हजार रुपैयाँमा विक्री गर्दै आएको छ
दशैं तिहारको अफर अन्तर्गत टारो ब्राण्डको इमोला १५० को खरीदमा १५ हजार, जीपी टू २००को खरीदमा ३० हजार रुपैयाँ, जीपी वान २५० खरीदमा २० हजार रुपैयाँ छुटका अफर लागू हुनेछ । साथै बम्पर अफरमा यस अवधिभर खरीद गर्नुहुने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिनेछ ।


