याडिया इलेक्ट्रीकमा धमाका अफर, ९० हजार नगद छुट

काठमाडौं । याडिया इलेक्ट्रीक स्कुटर तथा साइलकलको नेपालको लागि आधिकारीक विक्रेता कम्पनी कुजु नेपालले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक साइकलमा नगद छुट स्कीम ल्याएको हो ।

नजिकिदै गरेको चाडपर्वको अवसरमा कम्पनीले इलेक्ट्रीक साइकलमा ९० हजार रुपैयाँसम्मको नगद छुट स्कीम ल्याएको छ ।

यो स्कीममा ग्राहकले याडियाको इलेक्ट्रीक माउन्टेन बाइक एसएस ८०० को खरिदमा ९० हजार रुपैयाँ नगद तथा वाइएस ५०० को खरिदमा नगद ७० हजार नगद छुट दिने प्राप्त गर्नेछन् ।

कम्पनीले एसएस ८०० इलेक्ट्रीक साइकलको मूल्य ३ लाख ६५ हजार रुपैयाँ रहेको छ । यो स्कीममा २ लाख ७५ हजार रुपैयाँ बुझाएर किन्न सकिन्छ । त्यस्तै वाइएस ५०० को मूल्य २ लाख ५० हजार रुपैयाँ रहेकोमा यो स्कीम अन्तर्गत १ लाख ८० हजार रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ ।

याडियाको आधिकारिक शोरुममा यो स्कीम उपलब्ध रहेको छ । साथै, कम्पनीले यो स्कीम सिमित सयमका लागि मात्र लागू हुने जनाएको छ ।


Back_to_top