काठमाडौं । विश्वभर एकैदिन हुने रोयल इनफिल्डको ‘वान राइड’ नेपालमा पनि सम्पन्न भएको छ । अल्फा अटोमोबाल्इलसे आयोजना गरेको ‘वान राइड’ शनिबार सम्पन्न भएको हो ।
वान राइड काठमाडौं कमलपोखरीबाट सुरू भएर कलंकी, थानकोट, चन्द्रगिरी हुँदै चित्लाङ पुगेर सोही रुट हुँदै फर्केको थियो । वान राइडमा काठमाडौंका ३० रोयल इनफिल्डका हिमालयन, क्लासिक ३५० तथा मेटीअर मोटरसाइकलका साथै ४० भन्दा धेरै सहभागी भएका थिए ।
रोयल इनफिल्डले पहिलो पटक २०११ ‘वान राइड’ को सुरूवात गरेको थियो । विश्वभर रहेको रोयल इनफिल्ड ग्राहकहरूलाई एकै स्थानमा ल्याउने र रोयल इनफिल्ड प्रति उनीहरूको जोश बढाउने उद्देश्यले वान राइडको सुरूवात भएको थियो । वान राइड विश्वभर एकैदिन हुने सबैभन्दा ठूलो राइडको रूपमा परिणत भएको कम्पनीको बुझाइ रहेको छ ।
कोभिडका कारण हुन विगत दुई वर्षदेखि हुन नसकेको वान राइड यस पटक सेप्टेम्बर १८ मा १०५ भन्दा धेरै देशका हजारौं शहरमा यो आयोजना भएको छ । नेपालमा काठमाडौं लगात पोखरा, चितवन, इटहरी र वुटवल गरी ५ शहरमा सम्पन्न भएको हो ।
विद्यार्थीलाई स्कूल ब्याग प्रदान

देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्य अनुसार अल्फा अटोमोबाइल्सले चित्लाङमा रहेको श्री कालिदेवी प्राथमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको हो ।
ब्याग हस्तान्तरण कार्यक्रममा चित्लाङका वडा अध्यक्ष, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधि तथा भारतीय दूतावासका कर्मचारीसमेत सहभागीता थियो । रहेका थिए ।
अल्फा अटोमोबाइलका निर्देशक मेगराज पौडेलले आगामी दिनमा पनि यस्तो कार्यक्रम निरन्तरता दिने बताए । उनले भने, ‘आज विश्वभर आयोजना भइरहेको यो वान राइड कार्यक्रमको उद्देश्य अनुसार चित्लाङ आएर यहाँका भाइबहिनीहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ । हामीले मोटरसाइकल राइड कार्यक्रम मात्र समुदायमा यस्ता सहयोगको कार्यक्रम पहिला देखिनै गर्दै आएको कार्यहरूलाई निरन्तरता दिएको छौं । आगामी दिनमा पनि यस स्कुललाई हाम्रो सहयोग रहेने प्रतिबद्धता जनाउन चाहान्छु ।’

त्यस्तै, वान राइड कार्यक्रममा सडक सुरक्षाका विषयमा जनाकारीकमूलक अन्तक्रिया कार्यकम समेत संचालन गरिएको थियो । काठमाडौं लेजेन्ड ग्रुपले सडक सुरक्षाको विषयमा जानकारी प्रदान गरेका हुन् ।
यस रोयल इनफिल्डको इन्डियाका प्रतिनिधी रबी अस्थाना तथा अभिषेक शुक्लाले विश्वभर एकै दिन भइरहेको यो वान राइडमा सहभागी हुने सबै राइडहरूलाई बधाई दिँदै भने, ‘तपाईहरू वान राइडमा सहभागी हुन पाउनु भएकोमा बधाई छ । वान राइड एक राइड कार्यक्रममा मात्र नभएर राइडहरूबीच एक सम्बन्ध स्थापना गर्ने, एक अर्कालाई सहयोगको भावना जगाउने तथा रोयल इनफिल्ड मोटरसाइकलसँगको राइडरको सम्बन्ध अझै प्रगाण बनाउने हाम्रो उद्देश्य रहेको छ ।’

