मिस नेपालको अफिसियल कार ‘टाटा अल्ट्रोज’ हस्तान्तरण

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले मिस नेपालको आयोजक संस्था ‘द हिडन ट्रेजर’लाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ । केही समय अघि सिप्रदी ट्रेडिङ्ग र द हिडन ट्रेजरबीच टाटा अल्ट्रोज मिस नेपालको अफिसियल कार हुने सम्झौँता भएको थियो ।

उक्त कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहको रोहवरमा द हिडन ट्रेजरका प्रतिनिधिहरुलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेका हुन् ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टमा आएको टाटा अल्ट्रोज अहिले बजारमा निकै राम्रो प्रतिक्रिया पाइरहेको कार हो । यसको सुरुवाती मुल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

टाटा अल्ट्रोज अल्फा अर्थात एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स आर्किटेक्चरमा बनेको पहिलो कार हो । यसमा स्ट्राइकिङ डिजाइन, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन् ।

टाटा अल्ट्रोजमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्छ ।

सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुल्ला र फराकिलो रहेको छ । अल्ट्रोज अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ । आइडल स्टप/स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिएन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका अति उत्कृष्ट बिशेषताहरु यसमा रहेका छन् ।

प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, ईबीडी, सीएससी. र ड्युअल एयरब्यागहरु रहेका छन् ।


Back_to_top