टाटाका इलेक्ट्रीक गाडी चढ्नेले चार्ज गरेको पैसा तिर्नु नपर्ने

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले आफ्ना इलेक्ट्रीक गाडी चढ्ने ग्राहकलाई निःशुल्क चार्जिङ सुविधा दिएको छ । कम्पनीले दशैंमा टाटाका विद्युतीय कारमा यात्रा गर्नेहरुलाई निःशुल्क चार्जिङ सुविधा दिएको हो ।

सिप्रदीले आफैँ राखेको चार्जरहरुमा निःशुल्क चार्जिङ सुविधा दिएको हो । कम्पनीले संचालन गरिरहेको भैरहवा, कटुन्जे भक्तपुर, विर्तामोड, चितवान, चुम्लिङटार, भालुवाङ, ढल्केबगर, राजापुर, धनगढी, धार्के, दुधौली, हेटौडा, इटहरी, काठमाडौंको बालकुमारी र कपनमा रहेको चार्जर टाटाका कारधनीले निःशुल्क प्रयोग गर्न पाउँछन् ।

त्यसैगरी, काठमाडौंकै गोङगबु, सिन्धुपाल्चोकको खाँडीचौर, लाहान, ललितपुरको बागडोल, मलेखु, मुलकोट, नेपालगंज, पोखरा र सिमरामा रहेको फास्ट चार्जरबाट पनि निःशुल्क चार्ज गर्न सक्नेछन् ।

कम्पनीले गाडीमा कुनै समस्या आएको खण्डमा सर्भिस टीम देशभर तयारी अवस्थामा राखेको जनाएको छ । सबै टाटाका डिलर र सर्भिस सेन्टर दशैंभर सर्भिस उपलब्ध गराउने छन् ।


Back_to_top