काठमाडौं । टाटा म्याजिक बीएस ६ इटहरीमा सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग मंगलबार इटहरी शाखाबाट उक्त गाडी लन्च गरेको हो ।
सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले इटहरीमा म्याजिक बीएस ६ लन्च गरिएको सिप्रदीले जनाएको छ । म्याजिक बीएस ६ ले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने कम्पनीको विश्वास छ ।
सिप्रदीका प्यासेन्जर भेहिकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले टाटा म्याजिक बीएस ६ ले सहरी यातायातसँगै व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउने बताए ।
‘टाटा म्याजिक बीएस ६ ले सहरी यातायातलाई मात्र नभई, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउनेछ। यसको उच्च माइलेज, कम मर्मत खर्च, र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ। यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ,’ उनले भने ।
टाटा म्याजिक बीएस ६ मा आधुनिक बीएस ६ प्रविधि, ३० एचपी पावर र उच्च माइलेजसहितका सुविधाहरू छन्। यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ।