पैसा तिरेर पनि हैरानी खेप्नुपर्ने सार्वजनिक यातायात (फाेटोफिचर)

काठमाडौं । नेपालमा सर्वसाधरणले सबैभन्दा धेरै हैरानी खेप्नुपर्ने क्षेत्रमध्ये एक हो सार्वजनिक यातायात । विश्वका अधिकांश देशमा नागरिकले सार्वजनिक यातायातमा स्तरीय सुविधा पाउँछन् ।

बिडम्वना, नेपालमा ठीक उल्टो छ । जहाँ नागरिकले पैसा तिरेर पनि दुःख, कष्ट, हैरानी खेप्नुपर्छ । कतिपय अवस्थामा अपमान र दुव्र्यवहार समेत सहनुपर्ने बाध्यता छ ।

नेपालमा सार्वजनिक यातायातको अवस्था कहालीलाग्दो छ । न सिटमा बसेर यात्रा गर्न पाइन्छ, न भनेको समयमा गन्तव्यमा पुगिन्छ । यात्रुहरूले सार्वजनिक सवारी साधन चढ्न ठेलामठेल गर्नुपर्ने, घण्टौंसम्म कुर्नुपर्ने, उभिएर र झुण्डिएर यात्रा गर्नुपर्ने अवस्था छ ।

सरकारले सार्वजनिक यातायातको अवस्था सुधार्नभन्दै कयौं योजना र नीति बनाएको छ । तर, ती कागजमै मात्र सीमित छ । सरकारको इच्छाशक्तिको अभाव, यातायात व्यवसायीको मनोमानी र सिण्डिकेटले सार्वजनिक यातायात क्षेत्रका समस्या वर्षौंदेखि ज्यूँकात्यूँ छन् ।

इन्धनको मूल्य बढ्ने बित्तिकै भाडादर बढिहाल्छ । सरकारले पनि व्यवसायीको हितलाई मध्येनजर गर्दै भाडा बढाउन सहजीकरण गरिदिन्छ । तर, सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान र नागरिकलाई सुविधा दिनतर्फ भने चासो दिँदैन ।

सत्ता र नियामक निकायमा बस्नेहरूले सधैं जनाताको लागि काम गरिरहेका छौं भन्न छाड्दैनन् । तर, अवस्था कहिल्यै सुध्रिएको देखिँदैन् । नागरिकले सार्वजनिक यातायात प्रयोग गर्न सधैं कठिनाई झेल्नुपरिरहेको छ ।

फोटोहरू : नेपाल फोटो लाइब्रेरी ।

 


Back_to_top