टाटाको अफरः अटो शोमा कार बुकिङ्ग, लाङटाङमा चावी हस्तान्त्रण, यस्ता छन् छुट

काठमाडौं । नाडा अटो शोमा टाटा मोटर्सका कारहरु बुकिङ्ग गर्ने ग्राहकलाई कम्पनीले लङटाङ भ्रमणको ब्यवस्था मिलाएको छ । 

टाटा मोटर्सको नेपालको लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले अटो शोमा गाडी बुकिङ्ग गर्ने ग्राहकको सवारीसाधनको चाबी लाङटाङमा हस्तान्त्रण गर्ने योजना ल्याएको हो । 

कम्पनीले टाटाको टियागो, बोल्ट, हेक्जा, जेस्ट, नेक्सनलगायतका मोडल बुकिङ्ग गर्ने ग्राहकलाई उक्त अवसर प्रदान गर्ने जनाएको छ । 

‘मेलामा टियागो, जेस्ट, बोल्ट र टिगोर खरिद गर्ने ग्राहकले तीन लाख ५० हजार रुपैयाँ नगद छुट वा पाँच लाख रुपैयाँ बराबरको हिराको हार दिइनेछ। त्यसमा जुन उचित लाग्छ ग्राहकले छनोट गर्न सक्ने छन्’ कम्पनीका प्यासेन्जर भेइकल डिभिजनका जनरल मेनेजर प्रबिन खतिवडाले मेरोअटोसँग भने । 

उनका अनुसार टाटाको नेक्सन खरिदकर्ताले भने दुई लाख पचास हजार रुपैयाँ नगद छुट वा तीन लाख पचास हजार रुपैयाँ बराबरको हिराको हार प्राप्त गर्न सक्नेछन्।


Back_to_top