काठमाडौं । आगामी दिनमा भारतीय बजारमा उत्पादन हुने कारमा पनि प्लेनमा जस्तै टेलिमेटिक बक्स (ब्ल्याक बक्स) राखिने भएको छ ।
कारको इन्स्योरेन्समा उक्त कुरा प्रयोग हुने छ । भारतको एक कम्पनीले यस्तो कारमा राखिने ब्ल्याक बक्स विकास गर्ने बताएको हो ।
भारतको इन्स्योरेन्स रेगुलेटरी एन्ड डेभलपमेन्ट अर्थोरिटी अफ इन्डिया (आइआरडीएआइ)का प्रमुख कार्यकारी अधिकृत सुभाष खुटियाले टेलिमेटिक प्रविधिको बारेमा काम हुने बताएका हुन् । यसले कारको इन्स्योरेन्स पोलिसीमा फाइदा पुग्ने बताइएको छ ।
टेलिमेटिक एक प्रविधि हो, जसले कारको लोकेशन तथा दुर्घटनाको बारेमा जानकारी दिन्छ । त्यस्तै यो प्रविधिले चालकको पर्फमेन्स, रोडको अवस्थाका बारेमा समेत जानकारी संकलन गर्ने छ ।
यसले बीमाको रिक्स फ्याक्टरलाई कम गर्न सकिनेछ । इन्स्योरेन्स दाबीगर्दा टेलिमेटिक बक्स वा ब्ल्याक बक्सलाई समेत आधार मान्न सकिने छ । जसले घटनाको यथार्थ जानकारी दिन्छ ।
यो प्रविधिले बिमित तथा बिमक दुवैलाई फाइदा पुग्ने बताइएको छ । यसले अहिले जस्तो अनावश्यक बीमाको दाबीसमेत नआउने अनुमान गरिएको छ । कारको बीमा मूल्य, मोडललगायतका आधारमा हुँदै आएको छ । यस्तो कुरा टेलिमेटिक बक्समा समावेश हुने छन् ।

