काठमाडौं । मियाची कर्पोरेशन नामक जापानीज कम्पनीले रिसर्च, कन्ट्रोल र बडी स्ट्रक्चर डिजाईन गरी निर्माण गरेको ‘मियामा’ इलेक्टी«क स्कुटर नाडा अटो शो २०१८ मा शोकेस गरिएको छ ।
एकपटकको चार्जले १०० देखि २०० किलोमिटरसम्म गुड्ने इलेक्ट्रीक स्कुटर सम्भवतः नेपालमै पहिलोपटक भित्रीएको कम्पनीले दाबी गरेको छ ।
१५०० देखि २००० वाटसम्मका मोटर प्रयोग गरिएको यी स्कुटर नाडा अटो शोमा धेरैले मनपराई रहेको कम्पनीको दाबी रहेको छ । थोेरै समयमा फूल चार्ज गर्न सकिने भएकाले यसको प्रयोग जो कसैका लागि पनि उपयोगी हुने कम्पनीको दाबी रहेको छ ।
अहिले कम्पनीले धेरै भन्दा धेरै बिक्री भन्दापनि विक्री पछिको सेवामा जोड दिदै आएको दाबी गरेको छ ।
नाडा अटो शोमा अबलोकनकर्तालाई जानकारी दिने टेष्ट ड्राइभ गराउने जस्ता क्रियाकलाप कम्पनीले संचालन गरिरहेको जनाएको छ । विभिन्न भेरियन्टमा उपलब्ध भएका स्कुटरले ग्राहकको मन जित्ने कम्पनीको छ ।


