काठमाडौं । टाटाको सर्वाधिक सफल एसयूभी नेक्सनको फेसलिफ्ट मोडल आउने भएको छ । आगामी सेप्टेम्बरमा बजारमा आउने नेक्सन फेसलिफ्ट थप आकर्षक देखिएको छ ।
सन् २०१७ मा पहिलो पटक आएको नेक्सन २०२० मा फेसलिफ्ट भएको थियो । त्यसपछि कम्पनीले इलेक्ट्रीक भर्सनमा ल्याएको थियो । अब टाटाले नेक्सनलाई नयाँ डिजाइनमा आउने भएको हो ।
टाटा नेक्सन फेसलिफ्ट बजारमा आउने भएपछि यसमा रहने फरक के कस्ता हुन्छन् भन्ने चर्चा अहिले चलिरहेको छ । कम्पनीले नयाँ नेक्सनको डिजाइन, इन्जिन र फिचरहरुमा परिमार्जन गर्नेछ ।
इन्जिन
टाटा मोटर्सले नेक्सनलाई १.५ लिटर डिजेल र १.२ लिटर टर्बो पेट्रोल इन्जिनमा ल्याउने छ । इलेक्ट्रीक नेक्सनमा हुने परिमार्जको विषयमा भने केही खुलाइएको छैन ।
टाटाको फोर सिलिण्डर टर्बो डिजेल इन्जिनले अधिकतम ११० पीएस र २६० एनएम टर्क प्रदान गर्छ । उक्त डिजेल इन्जिनसँग ६ स्पीड म्यानुअल र सिक्स स्पीड एएमटी गियरबक्स रहने छ ।
त्यसैगरी १.२ लिटर टर्बो डीआई पेट्रोल इन्जिनले अधिकतम १२५ पीएस पावर र २२५ एनएम टर्क प्रदान गर्छ । यसमा भने ६ स्पीड म्यानुअल र डीसीटी गियरबक्स रहने छ ।
फिचर
टाटा मोटर्सले नेक्सनमा रहेको इन्फोटेन्टमेन्ट सिस्टमलाई परिवर्तन गरेर १०.२५ को बनाएको छ । यसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ ।
नेक्सनको सेन्टर कन्सोल र ड्यासबोर्डमा पनि परिमार्जन हुनेछ । पूर्णत नयाँ डिजिटल क्लष्टर, नयाँ टु स्पोक स्टेरिङ ह्वील, टचमा आधारित एचभीएसी कन्ट्रोल रहने छ । साथै, नयाँ एसी भेन्ट, ३६० डिग्री क्यामेरा, वायरलेस स्मार्टफोन चार्जर, इलेक्ट्रीक सनरुफ, ६ वटा एयरब्याग, लेदर सिट, भ्यान्टीलेटेड सिट जस्ता थुप्रै फिचर थप भएर आउन लागेको हो ।
डिजाइन
टाटाले नेक्सनको डिजाइनमा पनि परिवर्तन गरेर ल्याउन लागेको छ । यसको फ्रन्ट फेसिका कर्भ कन्सेप्टमा आधारित रहने अनुमान गरिएको छ ।
फ्रन्ट ग्रिलमा ब्यापक परिवर्तन भएको नयाँ नेक्सनको बम्परमा पनि धेरै परिवर्तन भएर आउने छ । नयाँ डिजाइनको एलइडी हेडल्याम्प, नयाँ डिजाइनको एलइडी डिआरएल, नयाँ डिजाइनको अलोय ह्वील, नयाँ टेल लाइट, नयाँ बम्पर दिएर आउने छ । कुप्पे डिजाइनको रुफलाइनमा आउने छ ।


