वर्षातमा कार सुरक्षीत राख्न गर्नु पर्ने ५ काम

काठमाडौं । यसवर्ष मनसुन सुरु भएसँगै अत्याधिक वर्षा भएकाे छ । नेपालका अधिकांश सडकमा वर्षातसँगै बाढी र पहिराेकाे चपेटामा आएका छन् । वर्षामा पार्किङ गरिएका कार, ट्याक्सी, मोटरसाइकल डुबेको दृश्य प्रशस्तै देखिने गरेकाे छ ।

वर्षात्को समयमा लामो समयसम्म सवारीसाधन पानीमा डुब्दा यसको इञ्जिन, इन्टेरियर तथा एक्स्टेरियर पाट्र्समा निक्कै असर पर्ने गर्छ । मनसुनको मौसममा गाडीको सुरक्षा गर्ने केही तरिका यस्ता छन् ।

‘निट एन्ड टाईडी’

हुन्डाई कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका डिजिएम दीपक थपलिया वर्षात्को समयमा गाडीलाई ‘निट एन्ड टाईडी’ राख्न सुझाउँछन् । विशेषतः हिलोमा डुबेका गाडीलाई सफा राख्नु अनिवार्य हुनेगर्छ । गाडीमा लागेको हिलोले सामान्य अवस्थामा तौल बढाउने गर्छ । गाडीलाई ‘निट एन्ड क्लिन’ राख्दा केही हदसम्म समस्या कम हुने उनको विश्वास छ ।

वाइपरको अवस्था परीक्षण गर्ने 

सवारीसाधनमा राखिएको वाइपरलाई समय-समयमा परीक्षण गर्नुपर्छ । वर्षातमा एकैपटक ठूलो पानी पर्न सक्छ । त्यस्तो अवस्थामा वाइपरले काम नगर्न सक्छ । सामान्यतया गाडीको सर्भिसिङ्ग गर्दा वा यात्रामा निक्लनुपूर्व वाइपरको चेक-जाँच गर्नुपर्ने थपलिया बताउँछन् ।

हेडलाइट्सको कन्डिसन परीक्षण गर्ने

वर्षातको समयमा निस्किँदा हेडलाइट्सको परीक्षण गर्नुपर्छ । पानीमा भिज्दा हेडलाइट्समा विशेष असर पर्ने भएकाले हेडलाइट्सको कन्डिसन चेक गर्नुपर्छ ।

गाडीको आन्तरिक तापक्रम मिलाउने

विशेषतः काठमाडौं उपत्यकाको मौसम निक्कै अस्थिर हुनेगर्छ। चिसो वा तातो वातावरणसँग मेल खाने गरी गाडीको आन्तरिक तापक्रम मिलाउनुपर्छ। गाडीभित्रको तापक्रम स्थीर बनाउनुपर्ने थपलिया बताउँछन् ।

पानी जमेको वा पहिरो गइरहेको स्थानमा गाडी लैजानु मूर्खतापूर्ण हुने थपलियाको बुझाई छ। विशेषतःयुटिलिटी भेहिकलको आकार सानो हुने गर्छ।

सानो आकारको गाडी सहजै पानीमा डुब्ने तथा हिलो भएको स्थानबाट उम्कने नसक्ने भएकाले त्यस्तो स्थानमा नजान उनको सुझाव छ । ड्राइभरले पहिरो वा हिलोको अवस्था नबुझी गाडी चलाउँदा समस्या पर्ने गरेको उनले बताए ।

पानीमा डुबेको खन्डमा के गर्ने ? 

सजकता र सावधानी अपनाउँदा-अपनाउँदै पनि पानीमा सवारीसाधन डुब्न सक्छन् । पार्किङमा राख्नुपूर्व गाडी सम्पूर्ण सिसा बन्द गर्नुपर्छ। इलेक्ट्रीक कम्पोनेन्टलाई ड्यामेज हुनबाट बचाउन सम्भव रहेसम्म ब्याट्री खोलेर नेगेटिभ टर्मिनल निकाल्नुपर्छ ।

ड्राइभरको सिटमुनि रहेको फ्यूज बक्सको स्वीच अफ गरिएको खन्डमा पनि केही हदसम्म गाडी सुरक्षित रहनसक्छ । गाडी पूर्णरुपमा डुबेको भए जबर्जस्ती स्टार्ट गर्नुहुँदैन । सम्भावना रहेसम्म ब्याट्रीको नेगेटिभ टर्मिनललाई निकाल्न खोज्नुपर्छ ।

यी सबै सम्भावना नभएमा, नजिकको टेक्निसियन वा सर्भिस सेन्टरको सहयोगमा गाडीलाई क्रेनमार्फत् निकाल्नुपर्छ । त्यसपछि आवश्यक परीक्षण, जाँच-पड्ताल गर्नेलगायतका काम-कारबाही हुनसक्छ ।


Back_to_top