काठमाडौं । टाटा मोटर्सले फेस्टिभ सिजनलाई मध्यनजर गर्दै भारतीय बजारमा नेक्सनको क्राज एडिशन सार्वजनिक गर्ने भएको छ । नयाँ कलर अप्शनसँगै आकर्षक फिचरमा आउने यस मोडलको मूल्य पुरानो मोडलको भन्दा केही बढि निर्धारण गर्ने कम्पनीले जनाएको छ ।
क्राज एडिशनमा आकर्षक ग्रिल, आउट साइड रियर भ्यु मिरर, क्याबिन अपहोलस्ट्रि, पेन्ट हेडलाइटको विशेषता दिइएको छ । यसमा रहेको हर्मन कार्डन अडियो सिस्टम, ब्ल्युटुथ कनेक्टीभिटी, अटो क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट जस्ता फिचरले गाडीलाई निकै प्रिमियम बनाएको छ ।
यी फिचरको अलावा कम्पनीको पहिलो सबफोर मिटर एसयूभीमा डबल फ्रन्ट एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर, हाइस्पिड अलर्ट सिस्टम जस्ता फिचर रहेको जनाइएको छ । कारमा एप्पल कार प्ले र एन्ड्रोइड अटोको साथै टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।
नेक्सनको क्राज एडिशन १.२ लिटर टर्बाे पेट्रोल र १.५ लिटर टर्बाे डिजेल इन्जिनमा आउने छ । दुबै इन्जिनमा ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स दिइएको कम्पनीले जनाएको छ ।

