साउनमा आएका सबै पन्च ईभी ग्राहकलाई हस्तान्त्रण

काठमाडौं । सिप्रदी ट्रेडिङले गत साउन महिनामा आयात गरेको १०१ यूनिट पन्च ईभी ग्राहकलाई हस्तान्त्रण भएको जनाएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै १०० यूनिटभन्दा धेरै पन्च ईभी ग्राहकलाई हस्तान्त्रण गरेको जानकारी दिएको हो ।

नाडा अटो शोमा सार्वजनिक भएको पन्च ईभी एक साता भित्रै १०० यूनिटभन्दा धेरै डेलिभरी भएको कम्पनीको दावी छ ।

नाडा अटो शो २०२४ मा पन्च ईभीको बुकिङ्ग उत्साहजनक रहेको र ग्राहकलाई चाँडै गाडी दिन कम्पनी लागि परेको सिप्रदीले जनाएको छ ।

‘ जति सक्दो छिटो बुकिङ्ग गरेर बस्नु भएका ग्राहकलाई गाडी डेलिभरी गर्ने हाम्रो लक्ष्य हो’ सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले भने ।

काठमाडौंसँगै पन्च ईभीको क्षेत्रीय लन्च बिर्तामोडबाट सुरु भएको कम्पनीको भनाई छ ।

टाटा पन्च ईभीको सुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सुरुवाति मूल्यकै पन्च ईभीमा भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्ले जस्ता फिचर पाउन सकिन्छ ।

टाटाले पन्च ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिएको छ । ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार पाएको पन्च माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध कार हो ।


Back_to_top