पन्च ईभीमा अब ‘सिक्स इन वान ड्राइभट्रेन’

काठमाडौं । टाटाको सफल एसयूभी पन्च ईभीमा ‘सिक्स इन वान ड्राइभट्रेन’ प्रयोग भएको छ । अहिले बजारमा उपलब्ध पन्च ईभीमा भएको ‘थ्री इन वान ड्राइभट्रेन’लाई नयाँ ड्राइभट्रेनले विस्थापित गरेको हो ।

नयाँ पन्च ईभी बारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

टाटाले नयाँ ड्राइभट्रेन सुरु गरेसँगै यसको खुद्रा बिक्री मूल्य पनि पहिलेको तुलनामा केही कम भएको दावी गरेको छ । उक्त ट्राइभट्रेनको प्रयोगको कारण ‘ब्याट्री नन-सेल’को लागत पनि कम भएको छ ।

यसअघि प्रयोग भएको थ्री इन वान प्रणालीमा ई-मोटर, रिडक्सन गियर र डीसीदेखि एसी इन्भर्टरलाई संयोजन गथ्र्यो । अब नयाँ दिइएको सिक्स इन वान प्रणालीले ई-मोटर, रिडक्सन गियर र डीसीदेखि एसी इन्भर्टरको अलवा पावर डिस्ट्रीब्यूसन यूनिट र अनबोर्ड चार्जरको पनि संयोजन गर्छ ।


Back_to_top