काठमाडौं । टाटा मोटर्सले आफ्नो सर्वाधिक सफल मध्येको एक माइक्रो एसयूभी पन्चमा ३६० डिग्री क्यामेरा दिने भएको छ । अहिले परिक्षणमा देखिएको पन्च ईभीको भित्र र सुरक्षा फिचरमा ब्यापक परिमार्जन भएर आउने अनुमान गर्न सकिन्छ ।
टाटा नेक्सनभन्दा कम मूल्यमा आउने पन्च ईभी आगामी चाडपर्वको समयमा बजारमा आउने अनुमान गरिएको छ । टाटा पन्च पेट्रोल भर्सनको भारतमा बिक्री २ लाख यूनिट पुरा भइसकेको छ ।
यसको साइज लगायतका अधिकांश एक्स्टेरियर पेट्रोलबाट चल्ने पन्च जस्तै भएपनि अलोय ह्वील निकै एरोडाइनामिक बनाइएको देखिन्छ । यसमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर ह्यूमिनिटी लाइन, स्क्वायर ह्वील आर्क, बाक्लो बडी क्लाडिङ, ९० डिग्रीमा खुल्ने सडक, रुफरेल दिइएको देखिन्छ । यसको दुबै चक्कामा डिस्क ब्रेक रहने छ ।
टाटाले पन्च ईभीमा टु स्पोक स्टेरिङ ह्वील दिइने छ । यसमा इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, पुस बटम स्टार्ट÷स्टप, अटामेटीक क्लाइमेट कन्ट्रोल, लेदर र्याप स्टेरिङ ह्वील, अटो फोल्ड ओआरभीएम जस्ता फिचर रहने छन् ।

टाटाले यसलाई फिचर लोडेड बनाउन ७ इन्चको इन्फोटेन्टमेन्ट र ७ इन्चको डिजिटल इन्फर्मेशन क्लष्टर दिएको छ । भ्वाइस कमान्ड फिचर, टच एसी कन्ट्रोल जस्ता फिचर रहने छ ।
यसमा रहने ब्याट्री र मोटरको विषयमा कम्पनीले अहिलेसम्म आधिकारीक जानकारी दिएको छैन । तर, यसलाई सहरी क्षेत्रमा २५० किलोमिटरसम्म चलाउन मिल्नेगरी ल्याउन लागेको रिपोर्टहरु बाहिर आएका छन् ।

