काठमाडौं । दुई हप्ताअघि भारतमा विक्री सुरु भएको टाटा पन्चले धमाकेदार विक्री सुरुवात गरेको छ । कम्पनीले भारतमा अक्टोबर महिनामा नै ८ हजार ४५३ यूनिट पन्च डिलर नेटवर्कमा पठाएको छ ।
भारतमा एक्स शोरुम मूल्य ५ लाख ४९ हजारदेखि ९ लाख ९ हजार भारतीय रुपैयाँ रहेको टाटा पन्च ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटीङ पाएसँगै भारतमा बनेको सेग्मेन्टकै सर्वाधिक सुरक्षित कार बनेको थियो । सुरक्षामा अब्बल, एसयूभी डिजाइन र उत्कृष्ट पर्फमेन्सको कारण टाटा पन्च सेग्मेन्टकै सबैभन्दा अब्बल मोडल बन्न सफल भएको हो ।
विशेषत यसको विक्री सुरुभएसँगै निसान म्याग्नाइट र रेनो काइगरको विक्रीमा केही फरक पर्ने अनुमान हुँदै आएको छ । नयाँ पन्चको बजारमा प्रबेशसँगै टाटाको बजार हिस्सा पनि बढ्ने निश्चित छ ।
पन्चमा १.२ लिटर क्षमताको थ्री सिलिण्डर रेभोटर्न पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ पीएस पावर प्रदान गर्छ । यसलाई कम्पनीले ५ स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्समा उपलब्ध गराएको छ ।

१६ इन्चको डायमण्ड कट अलोय ह्वील, लेदरले मोरिएको स्टेरिङ ह्वील, ९० डिग्रिमा खुल्ने ढोकाहरु, अटोमेटीक क्लाइमेट कन्ट्रोल, कुल्ड बक्स, रिभर्स पार्किङ क्यामेरा, पुस बटम स्टार्ट, ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, रेन सेन्सीङ वाइपर, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट क्लष्टर लगायतका आधुनिक फिचरले यसलाई अब्बल बनाएको छ ।
टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले यसलाई अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल ल्याउने अनुमान गरिएको छ । यसको बारेमा भने कम्पनीले कुनै जानकारी दिएको छैन


