काठमाडौं । टाटा मोटर्सले तीन महिना अघि भारतमा विक्री सुरु गरेको टाटा पन्च औषतमा हरेक दिन ३२० यूनिटका दरले विक्री भइरहेको छ । टाटाले अक्टोबरबाट बजारमा उतारेको पन्चले ७२ दिनमा २३ हजार ६९ यूनिट विक्री पुरा गरिसकेको छ ।
टाटाले ल्याएको माइक्रो एसयूभी सेग्मेन्टको यो कार ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउने पहिलो भारतीय उत्पादन भएकोले पनि यसको विक्री बढ्दै गएको कम्पनी स्रोतको भनाई छ ।
जनवरीमा नै नेपाल ल्याउने तयारी भएको पन्च बजारमा देखिएको तरलता अभावको कारण केही समय पछि धकेलिन सक्ने आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ स्रोतले जानकारी दिएको छ ।
टाटाले अक्टोबर १८ तारिखबाट पन्चको भारतमा विक्री सुरु गरेको थियो । अक्टोबरको १२ दिनमा नै ८ हजार ४५३ यूनिट होलसेल विक्री गरेको कम्पनीले नोभेम्बरमा ६ हजार ६१० यूनिट र डिसेम्बरमा ८ हजार ८ यूनिट गाडी डिलरकोमा पठाएको थियो ।
पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स दिइएको छ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर जस्ता फिचर यसमा रहेको छ ।
रिभर्स क्यामेरा, व्याक सेन्सर, पुस बटम स्टार्ट/स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील फिचरले पन्चलाई प्रिमियम बनाएको छ ।

