काठमाडौं । टाटा मोटर्सले टिगोर बुज लिमिटेड इडिसन बजारमा ल्याउने भएको छ । उक्त कार जुन महिनाको अन्त्यसम्ममा भारीतय बजरमा सार्वजनिक हुने छ ।
यो कार गत वर्ष सार्वजनिक भएको टियागो वाइज लिमिटेड इडिसन जस्तै हुने अनुमान गरिएको छ । लिमिटेड इडिसनमा एक्सटेरियरसमेत केही परिवर्तन हुने छ ।
बुज इडिसनमा इन्टेरियरमा ड्यासबोर्ड, ब्ल्याक इन्टेरियर इनसर्ट रेड एसी सराउन्ड र फ्याब्रिक सिट राखिएको छ । यो लिमिटेड इडिसन इन्ट्रिलेवल एक्सइ, ८ स्पिकर अडियो सिस्टम, १५ इन्च डुअल टोन अलोय ह्वील, क्यामेरा सहितको रियस पार्किङ सेन्सर र अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता विशेषता रहने छन् ।
टिगोर बुज लिमिटेड इडिसन पेट्रोल तथा डिजेल दुवै इन्जिनमा उपलब्ध हुने छ । पेट्रोल इन्जिन १.२ लिटरको हुनेछ, जसले ८४ बीएचपी पावर र ११४ एनएम टर्क दिन्छ ।
यो कार पेट्रोल भर्सनमा भने मल्टी ड्राइभ मोड जस्तैं इको र सिटीमा उपलब्ध हुने छ । त्यस्तै डिजेल इन्जिन १.०५ रिभोटर्क युनिट छ जसले ६९ बीएचपी पावर र १४० एनएम टर्क दिन्छ । दुवै इन्जिनमा ५ स्पिड म्यानुअल गेयर बक्स रहेको छ ।
टिगोर बुज लिमिटड सिमित संख्यामा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
टाटा मोटर्सले बजारमा ल्याएको कम्प्याक्ट सेडान सेगमेन्टमा यो तेस्रो संस्करण हो । यसको डिजाइनका कारण यो कार उपभोक्तामाझ निक्कै लोकप्रिय रहेको छ । यो कार भारतमा राम्रो बुकिङ कम्प्याक्ट सेडानसमेत हो ।