टोयोटा एक्चेन्ज मेला शनिवारबाट, ३० लाखसम्म बचत गर्ने अबसर !

काठमाडौं । नेपालका लागी टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा  एक्स्चेन्ज मेला आयोजना गर्ने भएको छ । 

बजेटपछि सवारीसाधनमा मूल्य बढेको तर, अगाडीनै ल्याइएका सवारी साधन भएकाले मेलामा आउने ग्राहकले केही फाइदा दिन सक्ने छन् । 

कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर बिबेक बलामीका अनुसार कम्पनीसँग लिमिटेड प्राडो, इटिओस, र्याप४, इनोभालगायतका गाडी छन् । ती गाडीमा अब मूल्य बढ्दा ३० लाखसम्म बढ्ने आकलन कम्पनीले गरेको छ । 

‘अहिले मेलामा गाडी एक्स्चेन्ज गर्नेले ठुलै रकम बचत गर्ने अबसर पाउने छन् ।’ बलामीले मेरोअटोसँग भने । 

काठमाडौंको नक्साल व्यांक्वैटमा जेठ २६ र २७ गते दुर्इ दिनसम्म चल्ने यस एक्स्चेन्ज मेलामा ग्राहकले आफ्ना पुराना जुनसुकै ब्रान्डका कारसँग नयाँ टोयोटा कार एक्स्चेन्ज गर्न सक्नेछन् ।

‘तपार्इका पुरानो कार डिभ्यालुड हुनु अघि नयाँ कारमा अपग्रेड गर्नुहोस भन्ने स्लोगन’सहित यो मेला आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।


Back_to_top