पोखरा । फलेवास गाउँपालिका-१ घर भई हाल पृथ्वीचोक बस्दै आएका शेषकान्त शर्माको मोटरसाइकल १९ दिनमा भेटिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका-२५ हेमजा मिलनचोकमा बेवारिसे अवस्थामा पार्किङ गरेको ग१३प ७१५६ नं को १८० सिसीको पल्सर मोटरसाइकल वडा प्रहरी कार्यालय बगरको टोलीले फेला पारेको प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।
फेला परेको मोटरसाइकल प्रहरीले आज उक्त मोटरसाइकलका धनीलाई बुझाएको हो ।
उन्नाइस दिनअघि पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीलाई खाना खुवाएर फर्कंदा आधा घण्टाको समयावधिमा पार्किङस्थलबाटै मोटरसाइकल हराएको थियो ।
केही दिनअघि पनि पोखरा-२५ मा नै बगर प्रहरीले फेला पारेको ग१४प ५५६५ नं को पल्सर मोटरसाइकल सवारी धनी सञ्जोग थापा मगरलाई बुझाइएको प्रहरी नायब निरीक्षक नरेन्द्रजङ्ग कार्कीले जानकारी दिए ।