काठमाडौं । पछिल्ला दिनमा हुन्डाई मोर्टस् कम्पनीले एकपछि अर्को विश्व अटोबजारमा तहल्का मच्चाउने कन्सेप्ट कारको विकास गरिरहेको छ । अझ भनौं, हुन्डाईको एसयूभी कन्सेप्ट र उत्पादनले कम्पनीलाई चर्चाको शिखरमा पुर्याएको छ ।
हुन्डाई मोटर्सले जेनेभा मोटर्स-शाेमा ‘फिल दी रग’को सार्वजनिक गरेसँगै दक्षिण काेरियाकाे बुसान इन्टरनेशनल मोटर-शोमा के ल्याउने छ भन्ने चर्चा सुरु भइसकेको थियो ।
हुन्डाईले आफ्ना सबै भविष्यका कारको डिजाइन विशेष गरेर ‘सुन्दर स्पोर्टीनेश’लाई प्राथमिकतामा निर्माण गरिरहेको छ ।
कम्पनीले बुसान इन्टरनेशनल मोटर-शोमा सार्वजनिक गरेको ‘एचडीसी-२ ग्राण्डमास्टर’ हुन्डाईको आफ्नो छवीअनुसारको रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
यसको निर्माणमा हुन्डाईले ४ मुख्य कुरा अनुशरण गरेको बताइएको छ । डिजाइन, टेक्नोलोजी, स्टाइल र अनुपात यो कारको मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुस्ःहुन्डाईको यो कारले दुनियाँलाई बनायो चकित, यी हुन् ५ कारण
यो कारको नाम चेस खेलबाट लिइएको कम्पनीले जनाएको छ । चेस खेलको अन्त्यमा बिजेतालाई ग्राण्डमास्टर भनिन्छ । यस अवधारणाले चेसका हरेक गोटीको महत्व भएजस्तै हुन्डाईको भविष्यमा आउने हरेक लाइनअपमा यसको भूमिका हुने कम्पनीले जनाएको छ ।
ग्राण्डमास्टर एसयूभी सान्ताफेभन्दा पनि आकर्षक र स्टाइलिस हुने आँकलन गर्न सकिन्छ । यसमा अपनाइएको लाईट आर्किटेक्चरले यसको डिजाइनलाई नामजस्तै ग्राण्डमास्टर बनाउने आँकलन अन्तर्राष्ट्रिय अटो उत्पादकको बीचमा छलफल सुरु भएको छ । आगामी वर्षदेखि यसको उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।

