ट्याक्सीको नयाँ मापदन्ड बन्दै, ‘बुट स्पेस’ सेडान कारको जति हुनु पर्ने

काडमाडौं । सरकारले नयाँ ट्याक्सीको मापदन्ड परिवर्तन गर्ने भएको छ । सरकारले परिर्वतन गर्न लागेको नयाँ यातायात ऐनमा ट्याक्सीको लागि प्रयोग हुने गाडीको मापदन्ड परिमार्नन गर्न लागेको हो ।

नयाँ ऐनमा कम्तिमा सेडान कारमा हुने ‘बुट स्पेश’ ३५० लिटरभन्दा बढी हुनु पर्ने व्यवस्था गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

अहिले ट्याक्सीको रुपमा संचालन भइरहेका गाडीमा अत्यन्त न्यून बुट स्पेश रहेको भन्दै नयाँ यातायात ऐनमा परिमार्जन गर्न लागिएको मन्त्रालयका प्रबक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

‘अहिले संचालनमा रहेका ट्याक्सीमा अत्यन्तै कम बुट स्पेश (पछाडि सामान राख्ने ठाउँ) भएकाले नयाँ ऐनमा यसलाई परिमार्जन गरेर सेडान कारमा हुनेजति बनाउन लागेका हौँ’ सापकोटाले मेरोअटोसँग भने । 

अहिले ट्याक्सीको रुपमा सर्वाधिक संचालनमा रहेको मारुती सुजुकी अल्टोमा १७७ लिटर क्षमताको बुट स्पेश रहेको छ भने, दोस्रो धेरै ट्याक्सीको रुपमा प्रयोग भएको हुन्डाईको इओनमा २१५ लिटरको बुट स्पेश रहेको छ ।

यात्रुले सामान बोकेर ट्याक्सीमा हिड्न निकै कठिन भएको गुनासो गर्न थालेपछि नयाँ ऐनमा बुट स्पेश सम्बन्धी व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।  


Back_to_top