काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार उत्पादक कम्पनी टेस्लाले चीनमा ४० लाख कार उत्पादनको माइलस्टोन पूरा गरेको छ ।
टेस्लाले चीनको सांघाइस्थित विश्वको सबैभन्दा ठूलो प्लाण्टबाट ४० लाखौं टेस्लाको ६ सिटे मोडल वाई एसयूभी रोल आउट गरेको हो ।
टेस्लाले गत वर्षको अक्टोबरमा सांघाइमा ३० लाख कार उत्पादन गरेको थियो । टेस्लाले ३० लाख बाट ४० लाख पुर्याउन १४ महिना लगाएको छ ।
६ वर्ष अगाडि २०१९ को जनवरी ७ मा निर्माण सुरू भएको टेस्लाको गिगा सांघाइ प्लाण्ट चीनको पहिलो विदेशी कम्पनीको पूर्ण स्वामित्व भएको फ्याक्ट्री हो ।
यो प्लाण्टको उत्पादनले टेस्लाको विश्व बजारको कुल बिक्रीको ५० प्रतिशत हिस्सा रहेको छ । यो प्लाण्टको वार्षिक उत्पादन क्षमता १० लाख युनिट रहेको छ ।
टेस्लाको संघाइ प्लाण्टको उत्पादन स्थानीय बजार र अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको छ । टेस्लाले नोभेम्बरमा चीनबाट ८६ हजार ७०० भेहिकल आपूर्ति गरेको छ ।

