काठमाडौं । अमेरिकी ईभी उत्पादक कम्पनी टेस्लाले १० विलियन अमेरिकी डलर खर्च गरेर सेल्फ ड्राइभिङ टेक्नोलोजी विकासलाई अगाडि बढाउने भएको छ । लामो अध्ययन र अनुषन्धानपछि टेस्लाले सेल्फ ड्राइभिङ टेक्नोलोजीमा ठूलो लगानी गर्ने भएको हो ।
कम्पनीका सीईओ इलन मस्कले सोशल मिडिया प्लेटफर्म एक्स मार्फत टेस्लाको फुल सेल्फ ड्राइभिङ सफ्टवेर, कम्प्यूटीङ, स्टोरेज तथा नेटवर्क सोलुसनमा १० बिलियन डलर लगानी गर्ने जनाएका छन् ।
टेस्लाले कति समयमा उक्त रकम लगानी गर्छ भन्ने विषयमा केही खुलाइएको छैन । तर, लगानी निभिडा, जीपीयू तथा डोजो जस्ता टेक्नोलोजी कम्पनीको सिस्टममा समेत प्रयोग हुनेछ । गतवर्ष नै टेस्लाले डोजोमा १ बिलियन डलर लगानी गर्ने घोषण गरेको थियो ।
टेस्लाका सीईओ मस्क सेमी अटोनोमस कार टेक्नोलोजीमा कम्प्यूटीङ पावरको प्रयोग बढाउनेमा विस्वस्त रहेका छन् । उनले लगानी गर्ने घोषणा गरेको नयाँ हार्डवेरले भिडियो क्लीप्सहरु तथा टेलीम्याटीक डाटाहरु अझै इफिसीयन्ट तरिकाले शेयर गर्नेछ । फलस्वरुप टेस्लाका मोडलहरुले छिटै ड्राइभिङ डिसिजन लिन सक्नेछन् ।
सुरुवातमा अमेरिकामा प्रयोग भइरहेका सबै टेस्ला मोडलमा फुल्ली सेल्फ ड्राइभ सफ्टवेर निःशुल्क दिइने मस्कले बताए । उनले आगामी अगस्ट ८ मा सेल्फ ड्राइभिङ रोवोट्याक्सी समेत देखाउने बताएका छन् । रोवोट्याक्सीको प्रयोगपछि टेस्लाले लेवल ५ अटोनोमस टेक्नोलोजीको प्रयोग गर्न सक्ने अनुमान गरिएको छ ।

