काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला र यसका प्रमुख कार्यकारी इलोन मस्कको टाउको दुःखाइको विषय बनेको छ टेस्ला मोडल थ्री ।
यसअघि टेस्लाको मोड थ्रीलाई कम्पनीकै भविष्यका रुपमा समेत हेरिएको थियो । तर, सोच बिपरित टेस्लाको शेयरमा ५ प्रतिशतको गिरावट आएपछि प्रमुख कार्यकारी आफैले यो शेयर गिरावटको अवस्था छिट्टै अन्त्य हुने बताउनु परेको छ । टेस्ला मोडल थ्रीले ट्रयाक समात्ने उनको भनाइ छ । टेस्लाको भविष्यसँग जोडिएको मोडल थ्रीको उत्पादन समस्या अहिले समाधान भएको कम्पनीले जनाएको छ ।
टेस्लाले नाफा आर्जन गर्नका लागि हाल सिलिकन भ्यालीमा रहेको प्लान्टबाट उत्पादित प्रत्येक गाडीमा रहेको २२ हजार ५ सय ८४ अमेरिकी डलर प्रि–ट्याक्स घाटा हट्नु पर्छ ।
अहिले देखिएको समस्या समाधान भएको र अबको केही महिनामा कम्पनीले सकारात्मक नतिजा दिनेमा आफू आसावादी रहेको मस्कको भनाइ छ । मस्कले क्लालिफोर्नियाको फ्रेमोन्टमा रहेको फ्याट्री दोस्रो क्वाटरमा १० दिन बन्द गर्ने योजना बनाएका छन् । तर टेस्लाले लिएको जुन अन्त्यसम्ममा दैनिक ५ हजार वटा मोडल थ्री उत्पादनको लक्ष्य प्रभावित हुने देखिएको छ । यसले यो वर्षको सेकेन्ड हाफमा टेस्लालाई नाफामा बदल्ने विश्वास गरिएको छ ।
तर, टेस्लाले नाफा आर्जन गर्नका लागि हाल सिलिकन भ्यालीमा रहेको प्लान्टबाट उत्पादित प्रत्येक गाडीमा रहेको २२ हजार ५ सय ८४ अमेरिकी डलर प्रि–ट्याक्स घाटा हट्नु पर्छ । कम्पनीले बुधबार सार्वजनिक गरेको पहिलो क्वाटरको वासलातमा देखिएको घाटा हालसम्मकै ठूलो हो ।
कम्पनीले बेहोरेको ठूलो घाटाबारे राखिएको जिज्ञासामा टेस्लाका प्रमुख कार्यकारी मस्कले बजारीकरणमा कम्पनीको २ अर्ब डलरभन्दा बढी लगानी भएको बताएका थिए ।
टेस्लाले धेरै बुद्धिमतापूर्ण ढंगले मोडल थ्रीको उत्पादन ठूलो संख्यामा गरेको थियो । मोडल थ्रीको एसेब्लिङ लाइन अधिक अटोमेटिक हुँदा उत्पादन ढिलाइ भएको थियो । यो गल्तीले कति समय ढिलो भयो र कम्पनीले कति घाटा बेहोर्यो भन्ने खुलेको छैन । मोडल थ्रीको उत्पादनमा ढिलाइ हुँदा बजारमा अन्य विद्युतीय कारहरु प्रतिस्पर्धीका रुपमा देखापरि सकेका छन् ।
टेस्लाले पूँजिगत लगानी २०१७ मा ३.४ अर्ब डलर गरेको थियो भने यो वर्ष ३ अर्ब डलरभन्दा कम खर्च गर्ने जनाएको छ ।
अहिले टेस्लाको मोडल थ्री उत्पादन लागतमै घाटा रहेको र दोस्रो हाफमा त्यो नहुने र त्यस पछि नाफामा जाने दाबी कम्पनीको छ । अप्रिल अन्तिम साता टेस्लाको मोडल थ्रीको उत्पादन प्रतिसाता २ हजार २ सय ७० वटा रहेको थियो ।
यो वर्षको पहिलो क्वाटर सकिँदासम्म मोडल थ्री बुकिङ गरिएको, डेलिभरी दिनुपर्ने र बजारबाट नयाँ आउने मागसहित करिब ४ लाख ५० हजार गाडी आवश्यक पर्ने कम्पनीको भनाइ छ । रोयटर्स

