काठमाडौं । अहिले विद्युतीय गाडी बिक्री गर्ने कम्पनीहरुले आफ्नो ब्याट्री सुरक्षित रहेको र ब्याट्रीमा कम्तीमा पनि ८ वर्षको वारेन्टी दिने भन्दै प्रचार प्रसार गरिरहेको पाइन्छ ।
त्यसमा पनि अधिकांश ब्राण्डले आफ्नो कारमा प्रयोग भएको ब्याट्री प्याक ‘आईपी ६७ रेटेड’ रहेको दावी गर्छन् । त्यसैले ब्याट्रीमा पानी वा धुलो पस्दैन भनेर उपभोक्ता ढुक्क हुन्छन् ।
तर, वेलायतको स्कर्टल्याण्ड इडनबर्गमा पानी परेको बेलामा बाहिर डिनर खान गएका एक जोडिलाई डिनर निकै महँगो परेको छ । उनिहरुले टेस्ला मोडल वाई पानी परेको वेलामा चलाएर रेस्टुरेन्टमा डिनर खान पुगेका थिए । डिनर खाइसकेपछि फर्किन लाग्दा टेस्लाको कार स्टार्ट नै भएन ।
त्यसपछि टेस्लाको सपोर्ट भ्यानलाई खबर गरेका थिए । घटनाको ५ घण्टा वित्दा पनि सपोर्ट भ्यान नआएको उनिहरुले बताएका छन् । त्यसपछि बल्ल सर्भिस भ्यान आएर मोडल वाइलाई सर्भिस सेन्टर पुर्यायो ।
टेस्लाको रिपेयर सेन्टरले सहरमा भएको भारी वर्षाको कारण ब्याट्रीमा पानी पसेको र ब्याट्री ड्यामेज भइसकेको जानकारी दियो । त्यसपछि कसरी ब्याट्रीमा पानी पस्छ भन्ने प्रश्नको उत्तर खोजी रहेका दम्पतीलाई रिपेयर सेन्टरले यसरी पानी पसेको ब्याट्रीमा ८ वर्षे वारेन्टी लागु नहुने जानकारी दियो ।
कम्पनीले कार रिपीयरको लागि २१ हजार २ सय डलर लाग्ने कोटेशन थमाएको थियो ।


