चौतर्फी घेराबन्दीबाट बाहिर निस्केको बीवाइडी, टेस्लामाथि भारी पर्दै

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले विद्युतीय साधनको बिक्रीमा ठूलो फड्को मारेको छ । कम्पनीले सन् २०२४ मा ४२ लाख ७३ हजार युनिट न्यू इनर्जी भेहिकल बिक्री गर्दा प्योर इलेक्ट्रीक मोडलहरू १७ लाख ६४ हजार ९९२ युनिट बिक्री गर्न सफल भयो ।

बीवाइडीले डिसेम्बर महिनामा मात्रै २ लाख ७ हजार ७३४ युनिट प्योर इलेक्ट्रीक मोडल बिक्री गरेको छ । जुन कम्पनीले एकै महिनामा बिक्री गरेको अहिलेसम्मकै धेरै युनिट हो ।

टेस्लाले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ मा उसले १७ लाख ८९ हजार २२६ युनिट कार बिक्री गरेको छ । एक वर्षको अवधिमा टेस्लाले २४ हजार २३४ युनिट ईभी धेरै बिक्री गरेको देखिन्छ ।

बीवाइडीले आफ्ना ९० प्रतिशत कार चीनमा बिक्री गरेको छ । कम्पनीले समग्र उत्पादनको १० प्रतिशत मात्रै निर्यात गर्न सकेको हो । चीनमा भने स्थापित ब्राण्ड फक्सवागेन र टोयोटा जस्ता ब्राण्डलाई पछार्दै बीवाइडी अगाडि बढेको देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा फैलिन भने बीवाइडी र अन्य चिनियाँ ब्राण्डलाई सजिलो छैन । अमेरिकी र पश्चिमा बजार अझै उनीहरूबाट टाढा छ । त्यसैले त सानो कार बजारमा गनिने नेपाल जस्ता देशमा पनि चिनियाँ ब्राण्डहरूको चासो धेरै रहेको पाउँछौं ।

प्लाण्ट बन्द गर्ने विषयमा ट्रेड युनियनमा कुरा पुगिसकेको र सकारात्मक र्वार्ता भएको बताइएको छ । यसले फक्सवागेनको खर्च कटौतीमा सहयोग पुग्नेछ ।

चिनियाँ उत्पादनको आँधिबेरीसँग जुध्न जापानी ब्राण्ड होन्डा र निसान मर्ज हुँदै छन् । युरोपमा कहलिएको स्टेलान्टिस र रेनो ग्रुपको मर्जर अगाडि बढाउन फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोन नै लागि परेका छन् ।

अटोमोबाइलको पावर हाउस भनेर चिनिने जर्मनीको व्यथा अर्कै छ । जर्मन कार ब्राण्ड फक्सवागेन ग्रुप अहिले आफ्नो प्लाण्टहरू बन्द गर्न लागि परेको छ । कामदार कटौती र प्लाण्ट बन्द गर्दै लागत घटाउने दावामा फक्सवागेन परेको हो । प्लाण्ट बन्द गर्ने विषयमा ट्रेड युनियनमा कुरा पुगिसकेको र सकारात्मक र्वार्ता भएको बताइएको छ । यसले फक्सवागेनको खर्च कटौतीमा सहयोग पुग्नेछ ।

विश्व अटोमोबाइलमा ठूलो उथलपुथल चलिहेको छ । चिनियाँ ब्राण्डहरूको आक्रमक रणनीति, न्यू इनर्जी भेहिकलमा उनीहरूले लिइरहेको अग्रता र कम्पनीको नाफा खुम्चने प्रक्षपणकै कारण विवाद भएपछि युरोपियन जाइन्ट स्टेलान्टिसका मालिक तथा सीईओ कार्लोस टाभारेसले आफ्नो पदबाट राजीनामा दिए ।

चिनियाँ कार उत्पादकलाई घेराबन्दी गर्न पश्चिमाहरूले कतै बाँकी राखेका छैनन् । युरोपियन युनियनले लगाएको ४५.३ प्रतिशतसम्म अतिरिक्त कर, अमेरिकाले चीनबाट हुने आयातमा लगाएको १०० प्रतिशत शुल्क जस्ता कारण प्रभावशाली बजारमा चिनियाँ उत्पादन पुग्न पाएको छैन ।

न्यू इनर्जी भेहिकलमा महंगा साधन ल्याएर आफ्नो बिक्री रकम धेरै बनाइरहेको टेस्लालाई सस्ता तर धेरै गाडी बिक्री गरेरै बीवाइडीले उछिन्यो । सन् २०२४ को तेस्रो क्वाटरसम्ममा नै बीवाइडीले २८.२ बिलियन डलर मूल्य बराबरको गाडी बिक्री गरेको थियो । जबकि, सोही अवधिमा टेस्लाको बिक्री २५.२ बिलियन डलरमा सीमित भयो ।

चिनियाँ कार उत्पादकलाई घेराबन्दी गर्न पश्चिमाहरूले कतै बाँकी राखेका छैनन् । युरोपियन युनियनले लगाएको ४५.३ प्रतिशतसम्म अतिरिक्त कर, अमेरिकाले चीनबाट हुने आयातमा लगाएको १०० प्रतिशत शुल्क जस्ता कारण प्रभावशाली बजारमा चिनियाँ उत्पादन पुग्न पाएको छैन ।

यसका बाबजूद अमेरिकी न्यू इनर्जी जाइन्ट र अहिले विश्वकै सर्वाधिक मार्केट क्याप भएको ब्राण्ड टेस्लासँग बीवाइडीको रोचक प्रतिस्पर्धा अब धेरै दिन टिक्ने छैन । यो प्रतिस्पर्धामा बीवाइडीले बाजी मार्नेछ ।


Back_to_top