काठमाडौं । भारतीय मोटर कम्पनी मारुती सुजुकीले भारतीय बजारलाई लक्षित गरेर उत्पादन गरेको ह्याचव्याक कार हो, ‘सेलेरियो’ । अटोगियर अप्सनमा समेत उपलब्ध रहेको मारुती सेलेरियोलाई सुजुकीले डबल एयरब्याग र एबीएससहित फिचर प्याक कार उत्पादन गरेको हो ।
सीटी ड्राइभका लागि उपर्युक्त सेलेरियो कार अटोमेटेड म्यानुयल ट्रान्समिसन (एएमटी) सहित अटोमेटीक गियर सिफ्टको अप्सनले सीटी राइडमा झनै सजिलो बनाउनेछ । हामीले गत हप्ता मारुतीको १ लिटर इन्जिन क्षमताको सेलेरियो अटोमेटिक टेस्ट ड्राइभ गरेका थियौँ । टेष्ट ड्राइभको क्रममा हामीले यो कार सहरी तथा ग्रामिण दुबै क्षेत्रमा चलाएर एक्सपिरियन्स गर्यौं ।
एक्टेरियर
माथि भनिएको जस्तै मारुती सुजुकीले आफ्नो चर्चित उत्पादन एस्टिलो र एस्टार बन्द गरेर उत्पादन सुरु गरेको सेलेरियो कम्पनीको इन्ट्री–लेबल कार अल्टोभन्दा निकै ठूलो रहेको छ । यसको लम्बाई ३६९५ एमएम, चौडाई १६०० एमएम तथा उचाई १५६० एमएम रहेको छ । टलब्वाई डिजाइनमा उत्पादन भएको यो कारमा १४ इन्चको ह्वील तथा ग्राउण्ड क्लियरेन्स १६५ एमएम रहेको छ । साथै, ह्वीलवेश २४२५ एमएमको रहेको छ ।
ब्याक–साइडमा रहेको स्क्रिनमा पनि वाइपर लगाइएको छ भने रिभर्स क्यामरा पछाडि बम्परमा लगाइएको छ ।
अगाडिको भागमा डबल ग्रिल दिइएको छ, जसलाई बम्परको भागले छुट्याएको छ । माथिल्लो ग्रिलमा डबल लाइन क्रोम रहेको छ, जुन दुबै साइडको हेड–ल्याम्पसम्म पुग्छ । यसका बीचमा सुजुकीको लोगो दिइएको छ ।
तल्लो बम्परमा फगल्याम्प दिएको छ । साइडमा रहेको ओआरभीएममा साइड–लाइटको इन्डिकेटर जडान गरिएको छ । जसले गाडी टर्न गर्दा साइडका अन्य सवारीहरूलाई पनि सजिलो हुन्छ ।
दुबै ढोकामा रहेको बडी कलर ह्याण्डलले यसको लूक्सलाई प्रिमियम बनाएको छ । ब्याक–साइडमा रहेको स्क्रिनमा पनि वाइपर लगाइएको छ भने रिभर्स क्यामरा पछाडि बम्परमा लगाइएको छ ।
यसमा २३५ लिटरको बूट–स्पेस रहेको छ, जसमा फेमिली पिकनिकमा जाँदा आवश्यक सामग्री राख्न सजिलो हुन्छ ।
इन्टेरियर
टलब्वाई डिजाइनमा रहेको यो कारमा भित्र बस्दा निकै धेरै स्पेस भएको अनुभव हुन्छ । ड्यूल–टोन ड्यासबोर्ड रहेको यो कारमा सबै लाइनहरू सेन्टरमा जम्मा भएर वाटरफलजस्तै गरी सेन्टरबाट तल झरेको देखिन्छ ।
सुरक्षाका लागि ड्राइभर र अगाडिको पेसेन्जर साइडमा एयरव्याग तथा एबीएस ब्रेकिङ्ग सिस्टमले यसलाई सुरक्षित बनाएको छ ।
गियर लिभर सेन्टर कन्सोलसँगै जोडिएर रहेको अगाडिको भागमा दिइएको छ । अगाडिको भागमा रहेकोले ह्याण्डल गर्न सजिलो रहेको छ । सेन्ट्रल कन्सोलमा एसी कन्ट्रोल सूइचहरू र माथिपट्टि इन्फोटेन्मेन्ट स्क्रिन रहेको छ । जसमा रिभर्स गियर लगाउँदा पछाडिको दृश्य हेर्न सकिन्छ भने मोवाइल कनेक्ट गरेर म्यूजिकको मज्जा लिन सकिन्छ ।
सुरक्षा
सुरक्षाका लागि ड्राइभर र अगाडिको पेसेन्जर साइडमा एयरव्याग तथा एबीएस ब्रेकिङ्ग सिस्टमले यसलाई सुरक्षित बनाएको छ । सीटको साइज डिसेन्टखालको रहेको छ । दुबै डोरमा पावर–विन्डो सूइज तथा वाटर–बोटल होल्डर दिइएको छ । पछाडिको सिटमा पनि यथेस्ट स्पेस रहेको छ, जहाँ ३ जना मानिस आरामले सिटी–राइड गर्न सक्नेछन् ।
ड्राइभिङ्ग अनुभव
हामीले यो कारलाई मारुती सुजुकी मोटरको आधिकारीक डिलर नारायणी अटोमोवाइल बालकुमारीबाट कोटेश्वर जडिबुटी सल्लाघारी हुँदै चाँगुनारायणसम्म चलाएका थियौँ । अटो गियर सिफ्टको सुविधा रहेको यो कार कोटेश्वर र जडिबुटीको ट्राफिक जाममा चलाउँदा निकै सजिलो भएको थियो ।
म्यानूअल गियर भएको कार चलाउने बानी लागेको मलाई सुरुमा केही अप्ठ्यारो महसूस भए पनि केही मिनेटको ड्राइभपछि बानी परिहाल्यो । सहरको ट्राफिकमा क्लच थिच्दा–थिच्दै देब्रेखुट्टा नै दुख्ने समस्या यसमा हुँदैन ।
यो कारले गाडीको स्पीडअनुसार आफँै गियर–सिफ्ट गर्छ, चालकले आफ्नो पूरा ध्यान बाटोमा लगाउन पाउनेछ । यदि म्यानूअली गियर–अप डाउन गर्ने हो भने पनि यसमा म्यानूअल ट्रान्समिसनको अप्सन पनि उपलब्ध रहेको छ ।
म्यानूअल ट्रासमिसनमा चलाउँदा गियर चेन्ज गर्दा क्लच थिचिरहने झन्झट यसमा हुँदैन । मात्रै एक्सिलेटर छोडेर गियर–लिभर अगाडि घचेटे गियर बढ्ने पछाडि घचेटे गियर घट्ने हुन्छ । कारको गियरलाई आफैँ कन्ट्रोल गर्ने भए यो म्यानूअल ट्रान्समिसनमा राखेर चलाउँदा पनि हुन्छ अन्यथा ड्राइभ–मोडमा राखेर गाडी चलाउँदा गियर–लिभर चलाइरहनु पर्दैन ।
सहरी ट्राफिक होस् वा उकालो–ओरालो जुनसुकै बाटाहरूमा पनि यो अटोमेटिक गाडीले धेरै सहजता पुर्याउँछ । नेपालमा कम बजेटमा सुरक्षित अटोमेटिक कार चढ्ने हो भने, मारुती सेलेरियो एक उपर्युक्त अप्सन हुन सक्छ ।
भक्तपुरसम्मको खुल्ला बाटोमा चलाउँदा असाध्यै राम्रो अनुभव हुन्छ । साथै, व्यासीदेखि पिखेल हुँदै चाँगुसम्मको उकालो तथा घुमाउरो बाटोमा चलाउँदा कहिँ कतै समस्या भएन । उकालोमा त झन् रोक्नै परे पनि गाडी उठाउन र स्पीड पक्रिन साह्रै सजिलो लाग्यो ।
धेरै नयाँ चालकहरूलाई उकालोमा गाडी कसरी रोकेर उठाउने भन्ने समस्या रहेको पाइन्छ । मारुती सुजुकी सेलेरियो अटो गियर–सिफ्ट चलाउनेलाई त्यस्तो समस्या पर्दैन ।
सहरी ट्राफिक होस् वा उकालो–ओरालो जुनसुकै बाटाहरूमा पनि यो अटोमेटिक गाडीले धेरै सहज पुर्याउँछ । हाम्रो एक्सपिरियन्समा नेपालमा कम बजेटमा सुरक्षित अटोमेटिक कार चढ्ने हो भने मारुती सेलेरियो एक उपर्युक्त अप्सन हो ।
मारुती सुजुकीको ब्रान्ड, कम मूल्य, आकर्षक डिजाइन र सजह ड्राइभिङ्ग यो गाडीको मुख्य विशेषता रहेको छ ।

