काठमाडौं । नेपालका लागी निसान मोटर्सको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसानका गाडीहरुमा ‘विन्टर फेष्ट अफर’ योजना सार्वजनिक गरेको छ । यो योजना निसानका सबै गाडीहरुमा लागू हुनेछ कम्पनीले जनाएको छ ।
‘विन्टर फेष्ट अफर’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडीको खरिदमा नगद पाँच लाख रुपैयाँसम्म छुट प्राप्त सक्नेछन् । कुनै पनि गाडी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनस पनि ग्राहकहरुले पाउने छन् ।
यो योजना अन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क स्वास्थ्य बीमा, ३ वर्षको वारेन्टी र सर्भिसिङ र एक वर्षको विस्तृत इन्स्योरेन्स निःशुल्क प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यो योजना अवधिभर पुराना गाडीहरुको उत्कृष्ट मूल्याङकन हुनुका साथै सहज फाइनान्सको पनि सुविधा उपलब्ध रहनेछन् ।
यो योजनामा सहभागीले बिभिन्न एसेसरिज र आकर्षक गिफ्टहरु पाउन सक्ने कम्पनीले जनाएको छ ।

