ड्राइभिङ अनुभवः कम मूल्य, उत्कृष्ट माइलेज र इन्टेरियर सवल पक्ष

काठमाडौं । मारुती सुजुकीले मंसिर १ गते नेपाली बजारमा ल्याएको आफ्नो पहिलो माइक्रो एसयूभी एसप्रेसो नेपाली बजारमा कस्तो बिक्री हुन्छ त्यसको लागि केही महिना कुर्न पर्ने हुन्छ । तर, नेपालमा आइसकेकाले यो गाडी कुरेर बस्नेको लागि यसका खास फिचरको बारेमा जानकारी दिने प्रयास हामीले गरेका छौं ।

नेपालको लागि सुजुकीको आधिकारीक वितरक सिजी अटोमोवाइलले नेपाली बजारमा ल्याएको यो सानो गाडी बाहिरी आवरणलाई पछाडिबाट नियाल्दा निकै आकर्षक देखिन्छ । मारुती सुजुकीको कान्छो गाडी एस–प्रेसोको अगाडिको भाग केही हदसम्म ब्रेजा जस्तो देखाउन खोजिएको छ । तर, जुन हिसावको सार्पनेस आउनु पर्ने हो त्यो पाउन सकिदैन ।

समग्रमा सानो कार, मारुती सुजुकी ब्राण्ड, उच्च माइलेज र उच्च ग्राउन्ड क्लियरेन्सका कारण यो पहिलो गाडी किन्नेको रोजाइमा पर्न सक्छ ।

यसको सबैभन्दा सबल पक्ष गाडीको भित्र रहेको स्पेश हो । यो गाडी बाहिरबाट हेर्दा जति सानो लाग्छ भित्र त्यति नै धेरै स्पेश रहेको छ । कम्पनीले आफ्नो टप स्पेकमा प्रयोग गरेको क्रोम फिनिसिङले गाडीमा थप आकर्षण प्रदान गरेको छ ।

यसमा दिइएको पावर स्टेरिङ सुजुकीका अन्य बी सेग्मेन्ट कारको तुलनामा उत्कृष्ट रहेको छ भने सिटलाई मूल्यको तुलनामा निकै प्रिमियम बनाउने प्रयास कम्पनीले गरेको देखिन्छ ।

ड्यास बोडको बिचमामा रहेको इन्फोटेन्टमेन्ट सिस्टम र डिजिटल कन्सोलले एस–प्रेसोलाई उत्कृष्ट देखाएको छ । यसको अर्को सबल पक्ष भनेको माइलेज हो । गाडीमा दिइएको १.० लिटर इन्जिनले उपत्यकाको सडकमा कम्तीमा १५ किलोमिटरको माइलेज दिन्छ भने हाइवेमा जाँदा २० सम्म दिने अनुमान गर्न सकिन्छ । यद्यपी एआरएआईले भने यसले २३ किमि प्रतिलिटर माइलेज दिने प्रमाणित गरेको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

मूल्य, पावर र फिचरका हिसावले बजारमा यसको सिधा प्रतिस्पर्धा रेनो क्वीडसँग हुने देखिन्छ । कम्पनीले यसको सुरुवाति स्टायडर्ड भेरियन्टको मूल्य २२ लाख ९९ हजार रहेको छ भने, हाइ भेरियन्ट भिएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, यसको एलएक्सआई भेरियन्ट २३ लाख ९९ हजार र भिएक्सआई २४ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

गाडीको साइजको कुरा गर्दा एस–प्रेसोको लम्बाई ३५६५ एमएम, चौडाई १६७९ एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २४२२ एमएम रहेको छ ।

सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ६७ बीएच पावर र ९० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

सानो गाडीमा कम्पनीले सुरक्षा फिचरपनि उत्कृष्ट रहेको छ । कारमा एबीएस, इबीडी, स्टायडर्ड भेरियन्टमा ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ । 

एस प्रेसोमा एयर कन्डिसनरको सुविधासँगै पावर स्टेयरिङ्ग, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडी कलर बम्पर जस्ता विशेषता दिइएको छ ।

समग्रमा सानो कार, मारुती सुजुकी ब्राण्ड, उच्च माइलेज र उच्च ग्राउन्ड क्लियरेन्सका कारण यो पहिलो गाडी किन्नेको रोजाइमा पर्न सक्छ । 


Back_to_top