वर्षात मै खडेरी झेलिरहेको ‘अटो हब’ थापाथली (फोटोफिचर)

काठमाडौं । थापाथलीलाई अटोमोवाइल क्षेत्रको हब मानिन्छ । थापाथली एरियामा टाटा, हुन्डाई, मारुती सुजुकी, सिट्रोन, प्यूजो, निसान, फोर्ड, स्कोडा, रेनो, महिन्द्रा, चेरी, ग्रेटवाल, जेएमसी, किया जस्ता ब्राण्डका शोरुम छन् ।

विगत २ वर्षदेखि निरन्तर ओरालो लागेको अटोमोनाइल ब्यापार अझै सुधार हुने छाँटकाँट देखिएको छैन । नयाँ आर्थिक वर्ष सुरु भएको छ । बजारमा तरलता बढेको छ । बैंक ब्याजदरमा केही सुधारका संकेत देखिएका छन् । तर, अटोमोवाइल कारोबारमा खडेरी चलिरहेको छ । यसले समग्र अटोमोवाइल ब्यवसाय नै धारासायी बन्ने अवस्था आएको बुझ्न सकिन्छ ।

थपाथली अटोमोवाइलको सबैभन्दा धेरै कारोबार हुने क्षेत्र हो । ललितपुर, काठमाडौं र भक्तपुरबाट आउने सबैको लागि पायक पर्ने स्थान भएको कारण धेरैको रोजाई थापाथली परेको थियो । अहिले मध्ये वर्षातको समयमा थापाथलीको ब्यापारमा खडेरी परिरहेको छ ।

सरकारले अटोमोवाइल ब्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन नगर्दा ठूलो धनसारी लगानी भएको र लाखौं रोजगारीमा आश्रित भएकाहरुले समेत यो क्षेत्रमा आफ्नो भविष्य नदेख्ने अवस्था सृजना भएको छ ।


Back_to_top